सोमबार, असार २९, २०८३

संसद अवरुद्ध गर्ने तयारीमा कांग्रेस

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद चल्न नदिने तयारी गरेको छ ।

प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक फरक दलको हुने संवैधाननिक व्यवस्था कार्यान्वयन नभएको भन्दै कांग्रेसले संसद अवरुद्ध गर्ने तयारी गरेको हो ।

संवैधानिक व्यवस्था नै कार्यान्व्यन गर्न नखोजेको भन्दै कांग्रेसले आक्रोश व्यक्त गर्दै आएको छ । कांग्रेस बाहेकका अन्य दलले समेत संसदमा यो विषय उठाउँदै आएका छन । 

तर सत्ता पक्षले भने सभामुख र उपसभामुख हाल कुनै कुनै दल विशेषको नभएको भन्दै सो विषयमा प्रवेश गर्नु आवश्यक नभएको बताउँदै आएको छ ।

कांग्रेस सांसद गगन थापाले संसदमा फरक दलको सभामुख र उपसभामुख हुने संवैधानिक विषयलाई सत्ता पक्षले कांग्रेसको चासो र कांग्रेसको विषय मात्र हो भनेर व्यवस्थालाई नै खिल्ली उडाउँने काम गरेको बताए । यो संवैधानिक व्यवस्था कार्यान्व्यन नभए कांग्रेसले संसद् चल्न नदिने उनले चेतावनी दिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।