शुक्रबार, वैशाख ५, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • नेदरल्यान्डका प्रधानमन्त्रीको हत्या योजना बनेपछि सुरक्षा बढाइयो

नेदरल्यान्डका प्रधानमन्त्रीको हत्या योजना बनेपछि सुरक्षा बढाइयो

नेदरल्यान्डका प्रधानमन्त्री मार्क रुटको हत्या योजना बनाएको आशंकामा प्रहरीले एकजना राजनीतिज्ञलाई पक्राउ गरेको छ। उनलाई हेगबाट पक्राउ गरिएको बीबीसीले जनाएको छ।
 |  मंगलबार, असोज १२, २०७८
nespernesper

बीबीसी

बीबीसी

मंगलबार, असोज १२, २०७८

vianetvianet

आर्मस्टर्डम- नेदरल्यान्डका प्रधानमन्त्री मार्क रुटको हत्या योजना बनाएको आशंकामा प्रहरीले एकजना राजनीतिज्ञलाई पक्राउ गरेको छ। उनलाई हेगबाट पक्राउ गरिएको बीबीसीले जनाएको छ। 

triton college

प्रधानमन्त्री मार्कमा सुरक्षा सेवाले हेग युनिटी पार्टीका नेता आर्नोउड भान डोर्नलाई पक्राउ गरिएको जनाएको छ। प्रधानमन्त्री मार्क रुट बस्‍ने क्षेत्रमा शंकास्पद गतिविधिहरु गर्न थालेपछि उनलाई पक्राउ गरिएको जनाइएको छ। 

उनलाई सोमबार रिहा गरिएकोसमेत बताइएको छ। आर्नोउडका वकिल अनिस बोउमान्जलले उनले हत्याको योजना बनाएको कुनै पर्याप्त कारण नभएको बताएका छन्। आर्नोउडलाई पक्राउ गर्न आवश्यक नै नभएकोसमेत उनले दाबी गरेका छन्। 

प्रधानमन्त्री मार्क रुटको अहिले सुरक्षा बढाइएको समाचार बाहिरिएपछि ओर्नोउड पक्राउको रहस्य खुलेको डच मिडियाहरुले जनाएका छन्। 

टेलिग्राफले ५४ वर्षीय मार्कलाई लागुऔषध तस्करीको गिरोहले पनि पछ्याइरहेको जनाएको छ। सोमबारको गठबन्धनको बैठकपछि सञ्‍चारकर्मीसँग प्रतिक्रिया दिँदै प्रधानमन्त्री मार्कले सुरक्षाको  विषय सार्वजनिक गर्न नमिल्ने बताएका थिए।

National life insurance

प्रकाशित: Sep 28, 2021| 22:30 मंगलबार, असोज १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।