सोमबार, फागुन १८, २०८२

हत्या आरोपित वडाध्यक्ष पक्राउ

हत्याको आरोप लागेका धनुषाका एक वडाध्यक्ष पक्राउ परेका छन्।
 |  मंगलबार, असोज १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १२, २०७८

जनकपुरधाम– हत्याको आरोप लागेका धनुषाका एक वडाध्यक्ष पक्राउ परेका छन्।

सडक विस्तारका क्रममा भएको विवादमा सबैला नगरपालिका वडा नम्बर ४ का स्थानीय सुमित्रा देवी यादवको कुटपिट गरी हत्या भएको घटनाको आरोपमा सोही वडाका अध्यक्ष पथला भनिने कुशेश्वर ठाकुरलाई ईलाका प्रहरी कार्यालय सबैलाले पक्राउ गरेको हो।  

ज्यान मार्ने उद्योगमा दर्ता भएको घटनामा १० जना आरोपित मध्ये एक वडाध्यक्षलाई पक्राउ गरिएको हो। गत वैशाख १३ सडक विस्ताका क्रममा सिमासाल खोजविनको क्रममा दुई पक्षबीच भएको विवादमा सुमित्रालाई कुटपिट गरी घाइते बनाइएको थियो। उपचारको क्रममा उनको विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो। 

सो घटनामा सुमित्रासहित स्थानीय रामचन्द्र बिराजी, रितिक यादव, दिपक यादव र रञ्जित यादव समेत गम्भीर घाइते भएका थिए। उपचारको क्रममा महिलाको मृत्यु भएपछि परिवारजनले वडाध्यक्ष सहित १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा कर्तव्य ज्यान उद्योगमा मुद्दा दर्ता गराएको थियो। 

मुद्दाको अनुसन्धानका क्रममा मोरङ प्रहरीले उक्त मुद्दा धनुषाको ईलाका प्रहरी कार्यालय सबैलालाई गत जेठ १६ गते पठाएको थियो। इलाका प्रहरी कार्यालय सबैलामा मुद्दा आइसकेपछि फरार आरोपित मध्ये वडाध्यक्ष आफैं हाजिर भएको ईलाका प्रहरी कार्यालय सबैलाका प्रमुख राजेश सिग्देलले जानकारी दिए। प्रहरी नियन्त्रणमा रहेका कुशेश्वर विरुद्ध सात दिने म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको सिग्देलले बताए। 

kumari

यता पक्राउ परेका वडाध्यक्ष ठाकुरले आफू झगडामा सहभागी नरहेको तथा आफैं सरकारी वकिलको सल्लाहमा प्रहरीमा हाजिर भएको प्रतिक्रिया दिएका छन्।

प्रकाशित: Sep 28, 2021| 18:39 मंगलबार, असोज १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।