सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सर्वोच्चले वैदेशिक सहयोग नलिने, यातायातमा अराजकता कायमै

सर्वोच्चले वैदेशिक सहयोग नलिने, यातायातमा अराजकता कायमै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राजधानीबाट प्रकाशित मंगलबारका राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषयलाई पहिलो प्राथमिकतामा पारेका छन् । 

कसैले विदेशी संस्थाले न्यायालयमा गर्ने सहयोग नलिने निष्कर्षमा सर्वोच्च अदालत पुगेको विषयलाई मुख्य समाचार बनाएका छन् भने कसैले सिन्डिकेट गएपनि सरकारले वैकल्पिक व्यवस्था नगर्दा यातायातमा अर्को अराजकता हावी भएको देखिएको विषयलाई प्राथमिकतामा पारेका छन् । 

आजको कान्तिपुर र अन्नपूर्ण पोस्ट्ले सर्वोच्चले वैदेशिक सहायता नलिने निर्णय गरेको विषयलाई मुख्य समाचार बनाएका छन् । कान्तिपुरले सर्वोच्चको निर्णयः यूएनडीपीको सहायता अस्वीकार शीर्षकमा खबर छापेको छ भने अन्नपूर्णले न्यायालयमा वैदेशि सहयोग नलिउँ शीर्षकमा खबर लेखेको छ । 

यस्तै आजको अन्नपूर्णमा पुरा हुने भयो पुरुषको नर्स बन्ने धोको शीर्षकमा पनि विशेष खबर प्रकाशित छ । कान्तिपुर दैनिकले भने एसईईमा लापरबाही कसको ? शीर्षकमा टिप्पणी लेखेको छ ।
  
आजको नयाँ पत्रिकाले यातायातमा सिन्डिकेट हटेपनि अराजकता नगएको विषयलाई कभर स्टोरी बनाएको छ । उसले लेखेको छ– नागरिक समाजको बलमा सिन्डिकेट खारेज गरेको सरकारले वैकल्पिक व्यवस्था नगर्दा यातायातमा भद्रगोल देखिएको छ । 

नागरिक दैनिकले भने विवादास्पद निर्णय गर्दै स्थानीय सरकार शीर्षकमा मुख्य समाचार छापेको छ भने दशैँअघि उपत्यकामा मेलम्चीको पानी आउने भनि मेलम्ची आयोजनाले जनाएको प्रतिवद्धतालाई एङ्कर न्युज बनाएको छ ।  
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।