काठमाडौं– प्रधानमन्त्री मातहतमा रहेको सम्पति शुद्धीकरण विभागको महानिर्देशकमा प्रेमप्रसाद भट्टराई नियुक्त भएका छन्। गत साता बसेको मन्त्रिपरिषद् बैठकले विभागमा भट्टराईलाई नियुक्त गरेको हो।
भट्टराई यसअघि भक्तपुरका प्रमुख जिल्ला अधिकारी थिए। प्रजिअ भएको एक वर्ष नपुग्दै सरकारले उनलाई विभागको जिम्मेवारी दिएको हो। महानिर्देशक भट्टराईले मंगलबारदेखि विभागमा कार्यभार पनि सम्हालिसकेका छन्।