सोमबार, फागुन १८, २०८२

जलेश्वर कारागारका कैदी आन्दोलित

महोत्तरीको जलेश्वर कारागारका कैदीबन्दी आन्दोलित भएका छन्। कैदीका परिवारका सदस्यलाई कारागारका एक सवारी चालकले जिस्क्याएको भन्दै उनीहरु आन्दोलित भएका हुन्।
 |  मंगलबार, असोज १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १२, २०७८

जनकपुरधाम– महोत्तरीको जलेश्वर कारागारका कैदीबन्दी आन्दोलित भएका छन्। कैदीका परिवारका सदस्यलाई कारागारका एक सवारी चालकले जिस्क्याएको भन्दै उनीहरु आन्दोलित भएका हुन्। 

कारागारमा रहेका कैदीलाई भेटघाट गर्न आउँदा त्यहाँ कार्यरत सवारी चालक धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिका–८ बस्ने प्रेमकान्त ठाकुरले महिला सदस्यहरुलाई विगत धेरै दिनदेखि जिस्क्याएको आरोप उनीहरुको छ।

कैदीबन्दीहरुले सवारी चालक ठाकुरलाई त्यहाँबाट हटाउन माग गर्दै मंगलबार कारागार प्रशासनविरुद्ध आन्दोलन गरेका छन्। प्रहरीका अनुसार कैदीबन्दीले कारागारभित्रै नाराबाजीसमेत गरेका थिए। कारागार कार्यालयमा भित्रबाट ताला लगाएर प्रदर्शन गरिएको जनाइएको छ। 

यता कारागार प्रशासनले भने सवारी चालक ठाकुरलाई कारवाहीका लागि चिठ्ठी काटिसकेको जनाएको छ।

प्रकाशित: Sep 28, 2021| 16:55 मंगलबार, असोज १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।