आइतबार, चैत १९, २०७९

बुटवलका मेयरलाई मुक्का प्रहार गर्ने युवक धरौटीमा रिहा

बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने अनेरास्ववियू रुपन्देहीका सदस्य गणेश पंगेनी धरौटीमा रिहा भएका छन्।
 |  मंगलबार, असोज १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १२, २०७८

बुटवल– बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने अनेरास्ववियू रुपन्देहीका सदस्य गणेश पंगेनी धरौटीमा रिहा भएका छन्। 

National life insurance

यही असोज ४ गते पंगेनीले बुटवलको ज्योतिनगरमा पहिरो प्रभावित क्षेत्रको अवलोकनमा गएका मेयर सुवेदीमाथि मुक्का प्रहार गरेका थिए। भदौ १३ र १४ गतेको पहिरोले २ दर्जन घरमा क्षति पुग्दा पनि स्थानीय, प्रदेश र संघीय सरकार मूकदर्शक भएको भन्दै स्थानीयले गुनासो पोख्दै आएका थिए।

असोज ४ गतेको अविरल वर्षाले थप ९ घरमा क्षति पुगेलगत्तै अवलोकनमा गएका बेला ज्योतिनगरका स्थानीय समेत रहेका पंगेनीले मेयरमाथि आक्रमण गरेका हुन्। मुक्का प्रहार गरेपछि इलाका प्रहरी कार्यालय बुटवलले पंगेनीलाई पक्राउ गरी कारवाही थालेको थियो। यद्यपि मेयर सुवेदीले भने पंगेनीलाई कुनै कारवाही नगर्न प्रहरी प्रशासनलाई आग्रह गरेका थिए।

तर, प्रहरीले भने सार्वजनिक शान्ति विरुद्धको मुद्दा चलाएको थियो। प्रमुख जिल्ला अधिकारीले उक्त मुद्दामा ५ हजार धरौटी तिर्ने गरी रिहा गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताए। 

जिल्ला प्रशासनले सोमबार रिहा गर्ने आदेश गरेको हो। सुवेदीलाई मुक्का प्रहार गर्ने पंगेनी पहिरो प्रभावित हुन्। नेकपा एमालेका कार्यकर्ता पंगेनीले मुक्का प्रहार गरेको घटनालाई एमालेले समेत आक्रोशका रुपमा लिँदै मुद्दाका रुपमा अघि नबढाउने जनाएको थियो। 

worldlink

प्रकाशित: Sep 28, 2021| 04:47. 54 मंगलबार, असोज १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।