सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डाँडै खसेपछि मुग्लिन सडक बन्द, हजाराैं यात्रु अलपत्र

डाँडै खसेपछि मुग्लिन सडक बन्द, हजाराैं यात्रु अलपत्र

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
चितवन- पुरै डाँडै खसेपछि नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । सडकखण्डको कालिखोला र तीनकिलोको बीचमा रहेको तोपखेलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । 

पहिरो बिहान करिब ४ बजे खसेपनि पन्छाउने काम अझै सुरु हुन सकेको छैन् । वर्षाको क्रम नरोकिएकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ । पुरै डाँडो खसेकाले  पहिरो पन्छाउन दिनभरजसो लाग्नसक्ने प्रहरीको अनुमान छ ।
 
सडक अवरुद्ध भएसंगै सयौं सवारी र हजारौँ यात्रुबीच बाटोमै अलपत्र परेका छन् । जाममा परेका गाडीको लाइन करिव ३–४ किलो मिटर टाढासम्म पुगेको छ । पहिरो पन्छ्याउन दिनभरजसो लाग्ने देखिएपछि थकित यात्रु निराश देखिएका छन् ।

सरकारले उच्च जोखिममा रहेका भनिएका सडकखण्डमध्ये यो एउटा सडक खण्ड हो । सडक विस्तारका क्रममा रहेकाले यो सडकखण्डको भुइँ कालोपत्रे भएको भए पनि समय समयमा खस्ने पहिरोका कारण सडक जोखिम पूर्ण रहेको छ । यस सडकखण्डमा दिनहुँजसो पहिरो खस्ने गरेको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।