आइतबार, असोज १८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • धितोपत्र बोर्डका अध्यक्ष ढुंगानालाई अर्थ मन्त्रालयको तीन दिने स्पष्टीकरण

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानालाई अर्थ मन्त्रालयको तीन दिने स्पष्टीकरण

अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई स्पष्टीकरण सोधेको छ।
 |  बिहीबार, साउन १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १४, २०७८

काठमाडौं– अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई स्पष्टीकरण सोधेको छ।

ढुंगानाकी छोरीको नाममा सर्वोत्तम सिमेन्टको सेयर किनेको विषयसम्बन्धी सत्यतथ्य के हो भन्ने विषयमा तीन दिनभित्र स्पष्टीकरण दिनका लागि मन्त्रालयले निर्देशन दिएको हो। 

मंगलबार हिमाल खबर पत्रिकाले बोर्ड अध्यक्ष ढुंगानाले आईपीओ जारी गर्ने तयारी गरेको सर्वोत्तम सिमेन्ट कम्पनीको १० हजार कित्ता सेयर आफ्नो छोरीको नाममा किनेको समाचार बाहिर ल्याएको थियो।

त्यस्तै ढुंगानाले बुधबार क्लिकमान्डु अनलाइनसँग ‘छोरीले सर्वोत्तम सिमेन्टको सेयर किने पनि त्यो नियमसंगत नै भएको’ दावी गरेका थिए। 

ढुंगानाले भित्रि कारोबार गरेको भन्दै यो विषयमा प्रमाणसहित समाचार छापिएको र सोसम्बन्धी अर्थ मन्त्रालयले छानबिन गर्नुपर्ने आवाज उठेपछि मन्त्रालयले तीन दिने स्पष्टीकरण सोधेको हो। 

मन्त्रालयले बिहीबार यो विषयमा सत्यतथ्य विवरण तीन दिनभित्र मन्त्रालयमा पठाउन धितोपत्र बोर्डका नाममा निर्देशन जारी गरेको छ।

प्रकाशित: Jul 29, 2021| 06:59 बिहीबार, साउन १४, २०७८
प्रतिक्रिया दिनुहोस्