सोमबार, असार २९, २०८३

नेपाल टेलिकमले मिदासको इ–क्लास सञ्चालन गर्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल टेलिकमले २०७५ असार १२ देखि मिदास एजुकेसन प्रालिसँग सहकार्य गर्दै मिदास ‘इ–क्लास’ सेवा उपलब्ध गराउने भएको छ । विद्यार्थीहरुलाई सम्पुर्ण पाठ्यक्रम मोबाइल फोन, ट्याब्लेट र कम्प्युटर माध्यमबाट सिक्न सजिलोका लागि यसको व्यवस्था गरिएको हो। 

श्रव्य दृश्य माध्यममा सम्पुर्ण पाठ्यक्रम तयार भएका कारण बालबालिकालाई अझै रोचक र बुझ्न सजिलो हुने अनुमान गरिएको छ।

मिदास ई–क्लासमा प्लेग्रुप देखि कक्षा १० सम्मका विषय समावेश गरिएको छ भने अभिभावकले अनलाईन मार्फत शिक्षकसँग अन्तरक्रिया गर्ने र सिक्न पनि सक्छन।
 
यसका लागि नेपाल टेलिकमका ग्राहकले दैनिक पन्ध्र, साप्ताहिक ७० र मासिक दुई सय पचास रुपैयाँ गरी खरिद गर्न सक्नेछन् । ग्राहकहरुले इन्टरनेटको प्रयोग गरी मिदास ई–क्लास प्रयोग गर्न सकिन्छ।

इन्टरनेटको माध्यमबाट सेवा लिनसक्ने भएकोले ग्रामीण तथा दुर्गम भेगका बालबालिकाले पनि सजिलै शैक्षिक सामग्री प्राप्त गरी लाभान्वित हुने कम्पनीको विश्वास छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।