सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश २ सरकारले एकै पटक १३ विधेयक ल्याउँदै (सूचीसहित)

प्रदेश २ सरकारले एकै पटक १३ विधेयक ल्याउँदै (सूचीसहित)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- कानुन निर्माणमा ढिलासुस्ती गरेको आरोप लाग्दै आएको प्रदेश २ को सरकारले एकै पटक १३ वटा विधेयक ल्याउने तयारी गरेको छ। सरकारले आफ्नै रेडियो स्टेशनदेखि विश्वविद्यालय स्थापनासहितका १३ वटा विधेयक ल्याउने तयारी गरेको हो ।

प्रदेशका लागि आवश्यक कानून निर्माण गर्न सरकारले गठन गरेको विधेयक मस्यौदा सहजीकरण समितिले विधेयक तयार गरी सोमबार प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । समितिका संयोजक तथा प्रदेश २ का मुख्य न्यायधिवक्ता दिपेन्द्र झाले मुख्यमन्त्री लालबाबु राउतलाई विधेयक हस्तान्तरण गरेका हुन् ।

विधेयकको सूची
  • लैङ्गिक तथा घरेलु हिंसा नियन्त्रण गर्न बनेको विधेयक २०७५
  • विद्युत प्राधिकरण स्थापना र व्यवस्था गर्न बनेको विधेयक २०७५
  • प्रदेशीय व्यवस्था अनुसार वन जंगल संरक्षण र व्यवस्था गर्न बनेको विधेयक २०७५ 
  • प्रदेशको गुठी व्यवस्थापन विधेयक
  • विश्वविद्यालय सम्बन्धी व्यवस्था गर्न विधेयक
  • एफ.एम. रेडियो सञ्चालन तथा नियमन गर्न विधेयक
  • वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुको सामाजिक सुरक्षा सम्बन्धी विधेयक
  • प्रदेश लोक सेवा आयोग (कार्यविधि) सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक 
  • शिक्षासम्बन्धि विधेयक
  • प्रादेशिक प्रशासनका लागि आवश्यक कर्मचारी भर्ना सम्बन्धी विधेयक
  • प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
  • प्राकृतिक प्रकोप व्यवस्थापन सम्बन्धी विधेयक 
प्रदेश सरकारले यसअघि प्रदेशसभामा मुख्य न्यायधिवक्ताको काम कर्तव्य तथा अधिकार, नीति आयोगको काम कर्तव्य तथा अधिकार, प्रदेश प्रहरी ऐन, जिल्ला नगर तथा गाउँ सभा सञ्चालन सम्बन्धी कार्यविधि विधेयक, लिखत प्रमाणीकरण सम्बन्धी विधेयक र स्थानीय तह पदाधिकारी तथा सदस्यहरुको सेवा सुविधा सम्बन्धी विधेयक प्रस्तुत गरि सकेको छ।

मुख्यमन्त्री तथा मन्त्रीहरुको सेवा सुविधा र प्रदेशसभा पदाधिकारी तथा सदस्यहरुको सेवा सुविधा सम्बन्धी विधेयक भने प्रदेशसभाबाट यसअघि नै पारित भइसकेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।