शनिबार, असोज १७, २०८३

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्व पौडेल

सरकारले राष्ट्रिय योजनाको उपाध्यक्षमा विश्वनाथ पौडेललाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ।
 |  मंगलबार, साउन १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १२, २०७८

काठमाडौं- सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्वनाथ पौडेललाई नियुक्त गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जानकारी दिएको छ।

युनिभर्सिटी अफ क्यालिफोर्निया (वर्कले)बाट अर्थशास्त्रमा पीएचडी गरेका पौडेल काठमाडौं विश्वविद्यालयमा भिजिटिङ एसोसिएट प्रोफेसरका रूपमा अध्यापनरत छन्। 

उनले अन्तर्राष्ट्रिय श्रम संगठनलगायतका संस्थामा अर्थविद्का रूपमा काम गरिसकेका छन्। 

प्रकाशित: Jul 27, 2021| 11:49 मंगलबार, साउन १२, २०७८
प्रतिक्रिया दिनुहोस्