सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सन्तान जन्मँदा अनिवार्य बिरुवा रोप्‍नुपर्ने, बालविवाह र दाइजोका सुराकीलार्इ पुरस्कार

सन्तान जन्मँदा अनिवार्य बिरुवा रोप्‍नुपर्ने, बालविवाह र दाइजोका सुराकीलार्इ पुरस्कार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इटहरी- इटहरी उपमहानरपालिकाले सन्तान जन्मँदा बिरुवा रोप्नुपर्ने नीति ल्याएको छ । स्थानीय सरकारले व्यवस्था गरेको नर्सरी वा पार्कमा बिरुवा रोप्नुपर्ने भएको हो ।  यस्तै, घरका ज्येष्ठ सदस्यको जन्मदिनमा पनि बिरुवा रोप्नुपर्ने भएको छ । एक घर एक बिरुवा नीतिबाट ‘ग्रिन सिटी’ बनाउने उद्देश्य उपमहानगरपालिकाको छ । 

यस्तै इटहरीलाइ २०७५ सालभित्र सडक बालबालिका मुक्त नगर बनाउने कार्यक्रम पनि उपमहानगरको बजेट तथा कार्यक्रममा समेटिएको छ । बालबालिकाकै क्षेत्रमा बाल विवाह निरुत्साहित गर्न बालविवाह गरेको सूचना दिने सुराकीलार्इ पुरस्कार दिने र बालविवाह गराउनेलाई कारबाही गर्ने कार्यक्रम समेत इटहरीले सार्वजनिक गरेको छ । आइतबार इटहरीको उद्योग वाणिज्य संघको भवनमा बसेको इटहरीको तेस्रो नगरसभाले यस्ता कार्यक्रम ल्याएको हो । 

इटहरी उपमहानगरपालिकाले  रात्रिकालीन बजार सञ्चालन गर्ने भएको छ । पूर्वपश्मि र उत्तरदक्षिण राजमार्गको चौरास्ताको रूपमा रहेको इटहरीमा लामो समय देखी उठेको रात्रि बजारको कार्यक्रम इटहरी स्थानीय सरकारले सञ्चालन गर्ने भएको छ । स्थानीय सरकार, व्यापारी र सुरक्षा निकायसँगको समन्वयमा रात्रिकालिन बजार सञ्चालन हुने भएको छ । यो प्रयोजनको लागी ४० लाख रकम छुट्याइएको छ । 

उपमेयर लक्ष्मी गौतमले सार्वजनिक गरेको इटहरीको बजेट तथा कार्यक्रमले अन्य केही आकर्षक आयोजनाहरू पनि ल्याएको छ । हरेक घरका जेष्ठ सदस्यको जन्मदिन र परिवारमा सन्तान प्राप्ति हुँदा अनिवार्य बिरुवा रोप्नुपर्ने कार्यक्रम  इटहरीले ल्याएको छ । 

आगामी आवमा पाँच मेगा प्रोजेक्ट आउँदै

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ को उपदफा १ बमोजिम असार १० गते भित्र नगरसभामा पेस गर्नुपर्ने संविधानको व्यवस्था अनुरूप इटहरीमा आइतबार बजेट तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

उपमेयर लक्ष्मी गौतमले सार्वजनिक गरेको बजेट तथा कार्यक्रमले विभिन्न पाँच मेगा प्राजेक्टहरु समेत सार्वजनिक गरेको छ । १ अर्ब ३७ करोड १० लाख ५८ हजार बढीको बजेटले विभिन्न आकर्षक परियोजनाहरूका साथै केही मेगा प्राजेक्टहरु पनि सञ्चालनमा ल्याउने भएको छ ।

अघिल्लो आर्थिक वर्षमा स-साना परियोजनामा अल्मलिएको इटहरी उपमहानगरपालीकाले आगामी आर्थिक वर्षमा विभिन्न पाँच परियोजना सञ्चालन गर्ने भएको छ । आइतबार सार्वजनिक गरिएको कार्यक्रम अनुसार इटहरीमा अन्तर्राष्ट्रिय स्तरका क्रिकेट रंगशाला र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बन्ने भएको छ । 
 
यस्तै, इटहरीको बाहिरी क्षेत्रका विभिन्न वडाहरू सडक सञ्जालले जोड्ने बाहिरी चक्रपथ निर्माणका परियोजना इटहरीले सार्वजनिक गरेको छ । इटहरीमै प्रदेशस्तरिक सुख्खा बन्दरग्राह र घरेलु लघु औद्योगिक ग्रामको स्थापना गर्ने कार्यक्रमहरू सार्वजनिक गरिएको छ । 

उपमहानगरले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र प्रदेश सरकारको पनि प्राथामिकताको कार्यक्रम भएकाले आगामी केही वर्षमै यो बन्ने कार्यक्रममा उल्लेख छ । बाँकी चार मेगा प्रोजेक्टहरुलार्इ स्थानीय, प्रदेश र संघीय सरकारसँगको संयुक्त कार्यक्रमको रूपमा सञ्चालन गर्ने भएको छ ।  
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।