शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • केयरगिभरमा इजरायल जाने हो? यस्तो छ प्रक्रिया [विज्ञापनसहित]

केयरगिभरमा इजरायल जाने हो? यस्तो छ प्रक्रिया [विज्ञापनसहित]

इजरायलको मागबमोजिम नेपालबाट लगिने एक हजार जना श्रमिकका लागि आवेदन माग भएको छ।
 |  मंगलबार, साउन १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १२, २०७८

काठमाडौं- इजरायलको मागबमोजिम नेपालबाट लगिने एक हजार जना श्रमिकका लागि आवेदन माग भएको छ। वैदेशिक रोजगार विभागले २१ दिनको म्याद राखेर मंगलबार आवेदन खुलाएको हो। आवेदन गोरखापत्रमा प्रकाशित भएको छ। 

इजरायलले सुसारे (केयरगिभर) का लागि एक हजार जनाको माग आएको वैदेशिक रोजगार विभागले  जनाएको छ।

नेपाल र इजरायल सरकारबीच २०७७ असोज १४ गते नेपाली श्रमिक इजरायल पठाउने विषयमा सम्झौता भएको थियो। इजरायलमा केयरगिभरमा जानका लागि उमेर २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ भने उचाइ कम्तीमा १।५ मिटर ९४।९ फिट० र तौल ४५ केजी हुनुपर्नेछ।

शैक्षिक योग्यता कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सीएमएसम्बन्धी विषयमा १५ महिनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी सरकारबाट मान्यताप्राप्त तालिम लिएको हुनुपर्नेछ।

प्रकाशित: Jul 27, 2021| 02:58 मंगलबार, साउन १२, २०७८
प्रतिक्रिया दिनुहोस्