सोमबार, असार २९, २०८३

‘भिखारीनामा’सँगै सकियो नाटक महोत्सव

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- त्यस वर्ष धेरै चिसो थियो । त्यही चिसो रातमा शिवकलीदेवीको पेट दुख्न थाल्यो । र, भिखारी ठाकुर जन्मिए । 

गुल्लीडण्डा खेल्दै हुर्किएको भिखारी ठाकुर स्कुल जान थाल्छ । ऊ पढ्न सक्दैन । स्कुलनजिकको चोकमा दिनभर भुल्छ । त्यहीं उसले अनेकखाले जीवन देख्छ । ठूलो भएपछि विवाह गरेर परदेशतिर लाग्छ । भिखारीकी पत्नीले उसलाई रोक्न हजार कोशिस गर्छिन् । तर, भिखारी काम खोज्न निस्किन्छ बंगालतिर ।

बंगाल पुगेर नाईको कामसँगै दैनिकजसो रामलीला हेर्छ । रामलीला हेर्दै गएपछि उसले कपाल काट्ने काम छाडेर बंगाली रामलीलालाई भोजपुरीमा देखाउन गाउँ फर्किन्छ । र, ऊ रंगमञ्चतिर होमिन्छ । 

भोजपुरी भाषाका शेक्सपियर मानिने भिखारी ठाकुर बीसौं शताब्दीका महान लोक नाटककार र कलाकार हुुन् । सन् १९१७ मा स्थापित भिखारी ठाकुर नाच मण्डलीले भोजपुरी भाषामा बिदेसिया, गबरघिचोर, बेटी बेचुवा, भाइ विरोध, पिया निसइल, गंगा स्नान, नाई बाहर, नकल भाड र नेटुवासहित एक दर्जनजति नाटक र सयौं गीत रचना गरेका थिए । 

त्यही लोक भोजपुरी गीतको लय र संवादसँग ‘भिखारीनामा’ नाटक प्रस्तुत गरिएको थियो, शिल्पी थियटरमा । 

झट्ट हेर्दा ‘सोलो’जस्तो लागे पनि नाटकले नेपाली समाजको कथा भन्न सकेको छ । जातीय विभेद, महिला हिंसाजस्ता विषयलाई उठाउन खोजेको छ । 

नाईहरूको संघर्ष र घरबार छाडेर पराई देशमा काम गर्न जानेहरूको संघर्ष र श्रीमान् घर फर्किने आशामा बसेकी श्रीमतीको धैर्य पनि नाटकले बुझाउन खोजेको छ । 

दिल्लीबाट आएको नाटक टोलीमा ‘भिखारीनामा’ नाटक जैनेन्द्र दोस्तले निर्देशन गरेका हुन्, जुन भोजपुरी र हिन्दी भाषामा थियो । जैनेन्द्रद्वारा निर्देशित नाटक ‘गर्भनाद’ पाकिस्तानको लाहोर र कराँचीमा प्रदर्शित र सम्मानित भइसकेको छ । 

८ असारदेखि शुरु भएको ज्योतिरीश्वर रंग उत्सवमा ६ वटा नाटक मञ्चन भएका थिए । तीमध्ये तीन नेपाली र तीन भारतीय कलाकारका थिए । नेपाली कलाकारले ‘भृ’, ‘अश्वेत’ र ‘सोनाम ग्याल्मो’ मञ्चन गरेका थिए । भारतबाट आएका नाटकमा ‘धूर्त समागम’, ‘संवदीया’ र ‘भिखारीनामा’ थिए । 

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले ज्योतिरीश्वर रंग उत्सव, २०७५ आयोजना गरेको हो । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।