सोमबार, असार २९, २०८३

आठ घण्टादेखि अवरुद्ध मुग्लिन सडक खुल्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
चितवन- पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड आठ घण्टापछि खुलेको छ । तीन ठाउँमा गएको पहिरोका कारण राती साढे २ बजेदेखि अवरुद्ध बनेको बनेको सडक बिहान १० बजेपछि खुलेको हो । 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार सो सडकखण्डको चारकिलो, चोरखोला र कालीखोलामा पहिरो खसेको थियो । पानी पर्न रोकिएसंगै पहिरो पन्छाउने काम भएको थियो । अहिले दुइतर्फी नै सवारीसाधन चल्न थालेका छन् ।

सडक अवरुद्ध भएपछि सडकका पाँच/छ किलोमिटरसम्म लाइन लागेका गाडीहरू आ–आफ्ना गन्तव्यतर्फ लागेका छन् । बाटो खुले पनि जाम भने पुरै नखुलेको ट्राफिक प्रहरीले जनाएको छ । 

वर्षा लागेसंगै हरेक दिनजसो यो सडकखण्ड पहिरोका कारण अवरुद्ध बन्ने गरेको छ । सरकारले उच्च जोखिममा रहेका भनिएका सडकखण्डमध्ये यो एउटा सडक खण्ड हो ।

 सडक विस्तारका क्रममा रहेकाले यो सडकखण्डको भुइँ कालोपत्रे भएको भए पनि समय समयमा खस्ने पहिरोका कारण सडक जोखिम पूर्ण रहेको छ ।   
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।