शनिबार, असोज १७, २०८३

इजरायलले माग्यो एक हजार केयरगिभर

इजरायलले एक हजार नेपाली कामदार माग गरेको छ। सुसारे (केयरगिभर)का लागि एक हजार जनाको माग आएको वैदेशिक रोजगार विभागले  जनाएको छ।
 |  सोमबार, साउन ११, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ११, २०७८

काठमाडौं- इजरायलले एक हजार नेपाली कामदार माग गरेको छ। सुसारे (केयरगिभर)का लागि एक हजार जनाको माग आएको वैदेशिक रोजगार विभागले  जनाएको छ।

विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले इजरायल र नेपाल सरकारबीच भएको सम्झौताअनुसार इजरायलबाट एक हजार केयरगिभरका लागि माग आइसकेकाले सामान्य अवस्था रहेमा अबको एक–डेढ हप्ताभित्र विज्ञापन खुल्ने जानकारी दिए।

मागअनुसार विज्ञापन गर्न इजरायलसँग अन्तिम स्वीकृतिको अनुमतिको माग गरिएको र स्वीकृति प्राप्त हुनासाथ विज्ञापन गरिने उनले स्पष्ट पारे। ‘नेपाल कोरोना सङ्क्रमण उच्च जोखिममा नै रहेकाले तत्कालै विज्ञापन खुलाउने अनुमति दिनलाई गाह्रो मान्छ कि भन्ने मात्रै हो,’ उनले भने, ‘विदेश जानेलाई खोप आइसकेकाले यति कारणले रोक्दैन कि भन्ने लागेको छ।’

महानिर्देशक दवाडीले इजरायल र नेपालबीच भएको समझदारीमा पहिलो चरणमा पाँच सय जनामात्रै प्रशिक्षार्थी लैजाने भनिएकाले विज्ञापन गर्दा एक हजारको गर्ने कि पाँच सय भन्ने टुङ्गो नलागेको बताए। 

नेपाल र इजरायल सरकारबीच २०७७ असोज १४ गते नेपाली श्रमिक इजरायल पठाउने विषयमा सम्झौता भएको थियो। इजरायलमा केयरगिभरमा जानका लागि उमेर २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ भने उचाइ कम्तीमा १.५ मिटर (४.९ फिट) र तौल ४५ केजी हुनुपर्नेछ।

शैक्षिक योग्यता कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सीएमएसम्बन्धी विषयमा १५ महिनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी सरकारबाट मान्यताप्राप्त तालिम लिएको हुनुपर्नेछ।

प्रकाशित: Jul 26, 2021| 07:03 सोमबार, साउन ११, २०७८
प्रतिक्रिया दिनुहोस्