बिहीबार, जेठ १, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • वायुसेवा निगमलाई निजीकरण गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

वायुसेवा निगमलाई निजीकरण गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ। आइतबार सर्वोच्च अदालतका न्यायधीस कुमार रेग्मीको एकल इजलासले नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने प्रक्रिया अघि नबढाउन आदेश दिएको हो। 
 |  आइतबार, साउन १०, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, साउन १०, २०७८

vianetvianet
triton college
National life insurance

काठमाडौं- सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ। आइतबार सर्वोच्च अदालतका न्यायधीस कुमार रेग्मीको एकल इजलासले नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने प्रक्रिया अघि नबढाउन आदेश दिएको हो। 

‘नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने सम्बन्धी सम्पूर्ण कार्य जे जस्तो अवस्थामा छ, सोही अवस्थामा यथास्थितिमा राख्नू। निजीकरणसम्बन्धी कुनै निर्णय नगर्नू/नगराउनु,’ रेग्मीको इजलासले दिएको आदेशमा भनिएको छ।

निगम निजीकरणको कारण पेस गर्न समेत सर्वोच्चले १५ दिनको समय दिएको छ। नेपाली पार्टीका तर्फबाट आतिश कार्कीले वायुसेवा निगम निजीकरण गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई उनको रिटमा विपक्षी बनाइएको थियो।
 

प्रकाशित: Jul 25, 2021| 12:14 आइतबार, साउन १०, २०७८
प्रतिक्रिया दिनुहोस्