शनिबार, असोज १७, २०८३

माथिल्लो तामाकोशीको तेस्रो युनिट पनि सञ्चालनमा

पहिलो युनिटबाट असार २१ गतेदेखि विद्युत उत्पादन सुरु भएको थियो भने दोस्रो युनिटबाट असार २९ गतेदेखि विद्युत उत्पादन सुरु भएको थियो। साउनभित्रै चौथो युनिटबाट पनि विद्युत् उत्पादन सुरु हुने आयोजनाले जानकारी दिएको छ। 
 |  शनिबार, साउन ९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन ९, २०७८

दोलखा- माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको तेस्रो युनिटबाट पनि विद्युत उत्पाद सुरु भएको छ। ७६ मेगावाटको तेस्रो युनिटबाट शुक्रबार विद्युत उत्पादन सुरु भएको हो। शुक्रबार तेस्रो युनिट सञ्चालनमा आएसँगै आयोजनाबाट २२८ मेगावाट विद्युत् उत्पादन हुन सुरु भएको हो। 

पहिलो युनिटबाट असार २१ गतेदेखि विद्युत उत्पादन सुरु भएको थियो भने दोस्रो युनिटबाट असार २९ गतेदेखि विद्युत उत्पादन सुरु भएको थियो। साउनभित्रै चौथो युनिटबाट पनि विद्युत् उत्पादन सुरु हुने आयोजनाले जानकारी दिएको छ। 

उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। आयोजनाका ६ वटै युनिटबाट विद्युत उत्पादन हुँदा ४५६ मेगावाट विद्युत् उत्पादन हुनेछ।

प्रकाशित: Jul 24, 2021| 13:25 शनिबार, साउन ९, २०७८
प्रतिक्रिया दिनुहोस्