सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धरानको बजेट : स्मार्ट बसपार्कदेखि केवलकारसहितका परियोजना

धरानको बजेट : स्मार्ट बसपार्कदेखि केवलकारसहितका परियोजना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इटहरीः धरानले स्मार्ट बस पार्क र केवलकार परियोजना सञ्चालन गर्ने भएको छ । यसको लागी धरान उपमहानगरपालीकाले धरान–८ स्थित तीनकुने सुन्दर बस्ती क्षेत्रमा स्मार्ट बसपार्क बनाउने भएको छ । प्रदेश सरकार तथा नगर विकास कोषको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त क्षेत्रमा अत्याधुनिक बसपार्क बन्ने नीति धरानले आइतबार सार्वजनिक गरेको छ । 

यस्तै धरानले केवलकार परियोजना पनि सञ्चालनमा ल्याउने भएको छ ।  डेढ दशक अगाडि देखी चर्चामा आएर बन्न नसकेको केवलकार बनाउने कार्यक्रप पनि धरानले सार्वजनिक गरेको छ । प्रदेश र निजी क्षेत्रसँगको सहकार्यमा धरानले केवलकार परियोजना सञ्चालन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । 

धरानले धरान भरिका स्थानीयको सबै मुख्य सूचना सङ्कलन गर्नेगरि सिटी डिजिटल म्याप बनाउने भएको छ । नगरभित्रका  नागरिकको आधारभूत विवरण, पेसा व्यवसाय, सामाजिक आर्थिक विकासको अवस्था, संस्थागत सूचना आदि झल्किने गरी बहुक्षेत्रीय तथ्याङ्क पद्धति सहितको डिजिटल नगर चित्र तयार गरेर वेबसाइटमा राखिने कार्यक्रम सार्वजनिक गरिएको छ । 

आगामी वर्षको नीति तथा कार्यक्रमहरू सार्वजनिक गर्दै आइतबार सार्वजनिक गरिएको १ अर्ब ८० करोडको बजेट वक्तव्यमा यस्तो बताइएको छ । धरान उपमेयर मन्जु भण्डारीले प्रस्तुत गरेको यो बजेटको आकार अघिल्लो आर्थिक बर्षको भन्दा २५ करोड बढि हो । 

१९० वटा विभिन्न बुँदामा विकास तथा नीति तथा कार्यक्रमहरू सार्वजनिक गरेको धरानले अन्य विभिन्न आकर्षक आयोजनाहरू समेत सार्वजनिक गरेको छ ।   

पर्यटनमा २ करोड ६२ लाख

धरान उपमहानगरले पर्यटन प्रबद्र्धनका लागि दुई करोड ६२ लाख बजेट बिनियोजन गरेको छ । पर्यटनको राम्रो सम्भावना भएको धरानमा धार्मिक, साहसिक, सांस्कृतिक तथा होमस्टेबाट पर्यटनको प्रबद्र्धन गरिने उल्लेख गरिएको छ । 

अनिवार्य पार्किङ हुनुपर्ने

धरानले आवास क्षेत्रको व्यवस्थापनको लागी धरानका सुकुम्बासीको व्यवस्थापनको लागी ८० लाख छुट्याको छ । यो रकम असुरक्षित स्थानमा रहेका सुकुम्बासीहरुलाइ सुरक्षित स्थानमा सार्दै नमुना बस्ती विकास कार्यक्रममा खर्च हुने भएको छ । 

भवन नक्सापास प्रक्रियालाई सरल र चुस्त बनाउन विद्युतीय घर नक्सा प्रक्रिया (इलेक्ट्रोनिक बिल्डिङ पर्मिट सिस्टम) २०७५ श्रावण बाट लागु हुने भएको छ । यस्तै धरान उपमहानगरपालीका क्षेत्र भित्र अब बन्ने १० धुर माथिका घरजग्गामा अनिवार्य पार्किङ स्थल बनाउनुपर्ने भएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।