शनिबार, असोज १७, २०८३

बैंकिङ कसुरका २ हजारभन्दा बढी मुद्दा दर्ता

चालू आर्थिक वर्षको ११ महिनामा बैंकिङ कसुरका २ हजारभन्दा बढी बैंकिङ मुद्दा दर्ता भएका छन्।
 |  शुक्रबार, साउन ८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ८, २०७८

काठमाडौं- चालू आर्थिक वर्षको ११ महिनामा बैंकिङ कसुरका २ हजारभन्दा बढी बैंकिङ मुद्दा दर्ता भएका छन्।

गत आर्थिक वर्ष २०७७/०७८को साउन देखि जेठसम्ममा विभिन्न प्रदेशमा गरी २ हजार १८३ मुद्दा दर्ता भएको नेपाल प्रहरीले जानकारी दिएको छ। 

प्रहरीका अनुसार गत आर्थिक वर्षमा काठमाडौं उपत्यकामा मात्रै १ हजार ७८६ बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भएका छन्। प्रदेश नम्बर १ मा ७३ वटा, प्रदेश २ मा १४५ मुद्दा, उपत्यकाबाहेक बागमती प्रदेशमा २६ वटा मुद्दा प्रहरीकोमा दर्ता भएका छन्। 

त्यस्तै गण्डकीमा ९३, लुम्बिनीमा ४५, कर्णालीमा १ र सुदूरपश्चिम प्रदेशमा १ मुद्दा दर्ता भएका नेपाल प्रहरीको तथ्यांक छ। 
प्रहरीको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा बैंकिङ कसुरमा दर्ता भएको मुद्दाको संख्या झण्डै ५० प्रतिशतले बढी थियो। सो आर्थिक वर्षमा बैंकिङ कसुर सम्बन्धमा ३ हजार ३०९ मुद्दा दर्ता भएका प्रहरीको तथ्यांक छ।

सो वर्ष उपत्यकामा मात्रै २ हजार ९१० मुद्दा दर्ता भएका थिए। त्यस्तै प्रदेश १ मा ६९, प्रदेश २मा १२९, उपत्यकाबाहेक बागमती प्रदेशमा ७५ मुद्दा दर्ता भएका थिए। त्यस्तै गण्डकीमा ९८ वटा, लुम्बिनीमा २५ वटा, कर्णालीमा एउटा र सुदूरपश्चिममा एउटा मुद्दा बैंकिङ कसुरमा दर्ता भएको नेपाल प्रहरीले जनाएको छ।

प्रकाशित: Jul 23, 2021| 12:02 शुक्रबार, साउन ८, २०७८
प्रतिक्रिया दिनुहोस्