सोमबार, असार २९, २०८३

श्रीएयरले थाल्यो काठमाडौं-राजविराजको नियमित उडान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-वायु सेवा कम्पनी श्री एयरले काठमाडौं–राजविराज तथा राजविराट काठमाडौंको नियमित उडान थालेको छ । आइतबार काठमाडौं राजविराजका लागि ४६ यात्रु तथा राजविराट काठमाडौं सेक्टरमा २० यात्रु बोकेर श्री एयरले उडान सेवा शुरु गरेको हो । 

हप्ताको पाँच दिन सञ्चालन गरिने उडान काठमाडौंबाट राजविराज दिउँसो सवा एक बजे हुनेछ । त्यस्तै राजविराजबाट काठमाडौंको उडान दिउँसो २:१० बजे हुने कम्पनीले जनाएको छ । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको पहलमा विमानस्थलको स्तरउन्नती गर्दै उडान थालिएको हो । 

श्री एयरको सीआरजे २०० ९एन एएमए कल साइनको विमानले उडान थालेको हो ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्