शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ग्लोबल कलेजका विद्यार्थीलाई नेपाल लाइफमा ‘इन्टर्न’ गर्ने अवसर

ग्लोबल कलेजका विद्यार्थीलाई नेपाल लाइफमा ‘इन्टर्न’ गर्ने अवसर

 |  बिहीबार, साउन ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ७, २०७८

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्लोबल कलेज अफ म्यानेजमेन्टबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

सोमबार एक कार्यक्रमका बीच नेपाल लाइफको कर्पोरेट कार्यालयमा आपसी हितका लागि अगाडि बढ्ने सम्झौता भएको कम्पनीले जनाएको छ।

ग्लोबल कलेजका विद्यार्थीहरूका लागि नेपाल लाइफमा इन्टर्न गर्ने अवसर प्रदान हुने छ, त्यसै गरी जीवन बीमा शिक्षामा नेपाल लाइफले ग्लोबल कलेजलाई सघाउने सम्झौतामा उल्लेख छ। बीमा सचेतना अभियानमा ग्लोबल कलेजको साथ सहयोग रहने समेत सम्झौतामा समेटिएको छ।

नेपाल लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई र ग्लोबल कलेजका तर्फबाट प्रिन्सिपल डा. देवराज पनेरुले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। उक्त कार्यक्रममा नेपाल लाइफका मानव संसाधन प्रमुख बन्दना शर्मा तथा ग्लोबल कलेजका प्रोगाम कोअर्डिनेटर विराज घिमिरेको उपस्थिति रहेको थियो।

प्रकाशित: Jul 22, 2021| 07:15 बिहीबार, साउन ७, २०७८
प्रतिक्रिया दिनुहोस्