काठमाडौं- प्रधानमन्त्री केपी ओलीले चीनको ६ दिने भ्रमण गरेकामा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रशंसा गरेका छन् ।
धेरैजसो नकारात्मक टिप्पणी गर्ने नेताका रूपमा परिचित भट्टराईले यसपटक भने ओलीको भ्रमणले नेपाललाई फाइदा पुगेको आशय व्यक्त गरेका छन्।
६ दिने लामो भ्रमण सकेर प्रधानमन्त्री आइतबार स्वदेश फर्केलगत्तै डा. भट्टराईले एक ट्विट गर्दै यस्तो प्रशंसा गरेका हुन्। उनले लेखेका छन्,‘चीनको सफल भ्रमण सम्पन्न गर्नुभएकोमा प्रम ओलीलाई हार्दिक बधाइ!
चीनसँग रेल कनेक्टिभिटी रणनीतिक हिसाबले साँच्चिकै गेम चेन्जर हुनसक्छ। तर, ख्याल गरौं अन्तर्राष्ट्रिय सम्बन्ध भावनाले भन्दा पनि आ–आफ्नो राष्ट्रिय स्वार्थ र भूराजनीतिक शक्ति सन्तुलनबाट निर्देशित हुन्छ। त्यसैले नआत्तिऊँ, नमात्तिऊँ!’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४