आइतबार, कात्तिक ८, २०८३

हुन्डाईको आई–२० फेसलिफ्ट नेपाली बजारमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपालमा हुन्डाई मोटर्सको एक मात्र अधिकृत वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आई–२० फेसलिफ्ट बजारमा ल्याएको छ। गत मेमा त्यो मोडेल भारतीय बजारमा ‘लन्च’ गरिएको थियो। 

नेपाली बजारमा पनि यो सर्वाधिक प्रतिक्षित ‘क्रस ओभर’ थियो । हुन्डाईको आई–२० अब बाहिरी तथा आन्तरिक अवस्थाको सूक्ष्म अध्ययनका साथ आउने कम्पनीले जनाएको छ। 

त्यस मोडेलमा मानक सुरक्षा सुविधाहरू र एयर ब्याग पनि जडान गरिएको छ । स्टेयरिङअनुकुल रियर क्यामेराका साथ पार्किङ सेन्सरलगायत सुविधा जडित छन् । यस मोडेलमा टचस्क्रिन अडियोसहित इन्फोटेन्मेन्ट प्रणाली पनि जडित छ । ‘आर–१६ डायमन्ड कट एलो व्हिल’ जडित छ। 

आई–२० एक्टिभ फेसलिफ्ट दुई प्रकारमा उपलब्ध छ । ‘बेस’को मूल्य ३३ लाख ९६ हजार रुपैयाँ छ। एस भेरियन्टको मूल्य ३७ लाख ९६ हजार रुपैयाँ छ । सन् २००९ मा स्थापित लक्ष्मी हुन्डाई ग्राहकहरूलाई समस्यामुक्त सेवा दिन तत्पर रहँदै आएको छ। मुलुकभर १३ वटा डिलर र सेवा केन्द्र छन्।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।