आइतबार, चैत १९, २०७९

इन्द्रेणीको गीत प्रथम 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life insurance
worldlink
काठमाडौं- 
चाहेको हुँ थाप्न एउटा रंगीन लय 
जसरी संप्तरंगमा उभिन्छ इन्दे्रणी
जसरी सप्तक स्वरमा गुञ्जिन्छ
संगीत 
त्यसरी नै गाउन चाहेको हुँ 
मैले पनि समयको 
एउटा इन्द्रेणीको गीत 

शनिवार प्रज्ञा प्रतिष्ठानको हलमा कवि फुलमान वलले ‘इन्द्रेणीको गीत’ कविताको अन्तिम वाचनसँगै दर्शकदिर्घाबाट तालीको गड्गडाहट उठ्यो। 

नेपाल प्रज्ञा प्रतिष्ठानको ६१ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको राष्ट्रिय कविता महोत्सवमा कवि फुलमान वलको कविता इन्द्रेणीको गीत प्रथम भएको छ। 
त्यसैगरी धादिङकी कवि सुनिता खनालको कविता ‘श्यामश्वेत फोटो’ दोस्रो भएको छ । तेह्रथुमकी एलिना दुलालको ‘लाहुरेकी स्वास्नी’ र रामेछापका जीवन खत्री एउटा अर्को प्यास र मोरङकी मेनुका चापागाईको ‘विराएछु बाटो’ ले क्रमश तेस्रो स्थान पायो।

कथा नाटक पत्रकारिता, जस्ता विधामा कलम चलाउदै आइरहेका फुलमान वलको ‘महाभारतको मैच्याङ’ कविता चर्चित कविता हो। देशका विभिन्न भागका कविहरूले महोत्सवमा सहभागिता जनाएका थिए । देशभरबाट छानिएर आएका ३६ तथा आगन्तुक २१ कविले कविता बाचन गरेका थिए।

कार्यक्रममा अहिलेका पुस्ताका कविहरूको बाहुल्यता बढी रहेको थियो। महोत्सवमा संस्कृति पर्यटन तथा नागरिक उड्डायन मन्त्री रवीन्द्र अधिकारीले नेपाली बृहत शब्दकोषको दसौं संस्करण सार्वजनिक गरेका थिए। 

प्रज्ञाका कुलपती गंगाप्रसाद उप्रेतीको अध्यक्षतामा भएको महोत्सव कार्यक्रमलाई कवि वैरागी काँइलाले उद्घाटन गरेका थिए। 
प्रकाशित: Dec 31, 2017| 06:23. 00 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

रहरले साहित्यकार कि तीक्ष्ण लेखन?

सिर्जनाभित्र मानिस र मानिस बाहेकका विषयले स्थान पाउँलान्। तर ती विषयलाई कसरी शिल्पिवद्ध गर्ने  लेखकको क्षमतामा भर पर्ने कुरा हो।

समापन भयो बुद्ध थिएटर फेस्टिभल

१३ चैतदेखि जमलस्थित सांस्कृतिक संस्थानमा सुरु भएको महोत्सव पाँचौं दिन वीरेन्द्र हमाल निर्देशित नाटक ‘चक्षु’ देखाउँदै समापन गरिएको हो।

मौन आवाज र अभिव्यक्तिभित्रकी मृदुभाषी झमक

सामाजिक सञ्जालका भित्तामा उनका भावना बेला–बेला पोखिएका हुन्छन्। मोबाइलको किबोर्डमा पनि उनका ती दुई खुट्टाकै औंला कुदिरहेका हुन्छन्। अहो ! कस्तो विलक्षण प्रतिभा।

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।