आइतबार, कात्तिक ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपाको दस्तावेज : कर्मचारी र नेता नोकरीशाही पुँजीपति वर्ग !

नेकपाको दस्तावेज : कर्मचारी र नेता नोकरीशाही पुँजीपति वर्ग !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले दलाल पुँजीपति वर्गलाई उच्च तहका कर्मचारी र दलका नेताहरूले सहयोग गरेको आरोप लगाएको छ। 

अहिलेको व्यवस्था दलाल पुँजीवादी भएको निष्कर्षसमेत नेकपाको छ । पार्टीको राजनीतिक प्रतिवेदनमा यस्तो निष्कर्ष उल्लेख छ । नेकपा नेतृत्वको सरकारले यसको अन्त्यका लागि अनेक संघर्ष गर्ने रणनीति लिने दाबी गरिएको छ । 

‘नेपाली समाज ऐतिहासिक विकासक्रमको हिसाबले नयाँ चरणमा प्रवेश गरेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘सामन्तवादको मुलतः विघटन र पतन भएको छ । पुँजीवाद समाजको मुल चरित्र बनेको छ । तर नेपालको पुँजीवाद राष्ट्रिय पुँजीवादी उत्पादक शक्ति कमजोर भएको अवस्थामा छ ।’

त्यस अर्थमा नेपाल पुँजीवादको प्रारम्भिक चरणबाट गुज्रिरहेको नेकपाको निष्कर्ष छ । उत्पादनशील लगानी र पुनर्उत्पादन पुँजीवादको मुख्यपक्ष बन्न नसकेको औंल्याइएको छ । 

‘विदेशी वस्तु मुलुकमा भित्र्याएर नाफा कमाउने व्यापारिक पुँजी र विभिन्न ठेक्कापट्टा तथा सेवाहरूमा विदेशी कम्पनीको दलाल बनेर पैसा कमाउने दलाल पुँजीको बोलवाला छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘यो दलाल पुँजीवाद हो ।’

दलाल पुँजीपति वर्गलाई राज्य संयन्त्रमा पकड जमाएर बसेका उच्च तहका कर्मचारी र राजनीतिक दलका नेता÷कार्यकर्ताको एउटा हिस्साले सहयोग र सेवा गरिरहेको नेकपाको दाबी छ । भनिएको छ, ‘यो तप्काले दलाल पुँजीपति वर्गलाई राज्यका तर्फबाट अवसर र नाजायज छुटहरू उपलब्ध गराएर त्यसवापत आफ्नो लगानी र श्रमबिना आम्दानीमा ठूलो हिस्सा लिइरहेका छन् । यो नोकरशाही पँुजीपति वर्ग हो ।’

दलाल र नोकरशाही पजीवाद समाजको पुँजीवादको मूल प्रवृत्तिका रूपमा देखापरेको उल्लेख छ ।  उत्पादनशील लगानी र पुनर्उत्पादनको प्रक्रियालाई यो पुँजीवादले प्रोत्साहित नगर्ने पनि बताइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।