आइतबार, कात्तिक ८, २०८३

वडाध्यक्षले खुकुरी हान्दा चार जना घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

रौतहट- रौतहटको बौधिमाई–७ का वडाध्यक्ष विजय कुसवाहले सडक विस्तारका क्रममा विवाद हुदा स्थानीय चार जनामाथि खुकुरी प्रहार गरेका छन् ।

 सडक विस्तारका लागि स्थानीय बासिन्दाको जग्गामा जबर्जस्ती डोजर चलाएपछि विवाद भएको थियो । विपक्षी पार्टीका समर्थकहरूको जग्गामा वडाध्यक्ष कुसवाहले जबर्जस्ती डोजर चलाएको स्थानीयवासीको आरोप छ ।

 वडाध्यक्षसहितका ५० जनाको समूहले स्थानीय शिवगोविन्द कुसवाह, महानन्द कुसवाह, रामेश्वर कुशवाहालगायतलाई धारिलो हतियार प्रहार गरेको हो । वडाध्यक्ष कुसवाह तत्कालीन एमालेबाट निर्वाचित भएका हुन् ।

घटनाबारे छानविन भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी रविन्द्र केसीले बताए । जग्गाधनी गोविन्द कुसवाहले एक महिनाअघि जिल्ला प्रशासन र अदालतमा आफ्नो जग्गामा सडक निर्माण रोक्न माग गर्दै निवेदन दिएका थिए । अदालत र प्रशासनको आदेश बेवास्ता गर्दै वडाध्यक्षले जबर्जस्ती बाटो विस्तार गर्दै आएका छन् ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।