शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रचण्डपत्नी सीतालाई प्रधानमन्त्री देउवाको नमस्कार

प्रचण्डपत्नी सीतालाई प्रधानमन्त्री देउवाको नमस्कार

प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले भने, ‘उहाँले यसबारे पहिल्यैदेखि बुझ्न खोज्दै हुनुहुन्थ्यो।’ यद्यपी, देउवा र प्रचण्डबीच खुमलटारमा राजनीतिक विषयमा पनि कुराकानी भएको बताइएको छ। 
 |  मंगलबार, साउन ५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ५, २०७८

काठमाडौं- ‘तपाईंलाई कस्तो छ? तपाईंलाई नै म यहाँ भेट्न आएको,' प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालसँग हालखबर सोधे। जवाफमा अशक्त प्रचण्ड पत्नीले टाउको हल्लाइन् मात्र। उनका रसिला आँखा नमस्कार गरिरहेका प्रधानमन्त्री देउवाको अनुहार निर्निमेष रोकिए।

हालखबर सोधपुछका क्रममा प्रचण्ड पुत्री गंगा दाहालले आफ्नी आमाको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्री देउवालाई छोटो ‘ब्रिफिङ’ गरेकी थिइन्। भनिन्, ‘आमाको स्थिति यस्तै छ, औषधि पनि चलिरहेको छ।’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निवासमा प्रधानमन्त्री देउवाको उपस्थितिमा प्रचण्ड सचिवालयले पारिवारिक भेटघाट भनेको छ। ‘प्रधानन्त्री देउवाले सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन चाहेकाले यो भेटघाट भएको हो’, प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले भने, ‘उहाँले यसबारे पहिल्यैदेखि बुझ्न खोज्दै हुनुहुन्थ्यो।’ यद्यपि, देउवा र प्रचण्डबीच खुमलटारमा राजनीतिक विषयमा पनि कुराकानी भएको बताइएको छ। 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नवनियुक्त प्रधानमन्त्री देउबाबीच मंगलबार मात्रै यो दोस्रो भेट हो। बिहान मात्र उनीहरुबीच झण्डै एक घण्टा भेटवार्ता भएको थियो। त्यसअघि प्रचण्डले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निवासमा जनता समाजावदी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेता नेपालसँग पनि राजनीतिक छलफल गरेका थिए।

एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार बर्हिगमन र शेरबहादुर देउवाको सत्तारोहणपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिनहुँजसो राजनीतिक भेटघाटमा व्यस्त छन्। 

प्रचण्ड निवास खुमलटारको भेटवार्तामा दुई नेताहरुबीच वर्तमान मन्त्रिमण्डल विस्तार र गठबन्धनका विषयमा छलफल भएको बताइएको छ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निकटस्थहरूका अनुसार उनले गठबन्धनका नेताहरूसँग मूलतः तीन विषयमा कुराकानी गरिरहेका छन्। सर्वोच्च अदालतको परमादेशपछि प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले पुनःस्थापित सदनको पहिलो दिन अर्थात् आइतबार विश्वासको मत प्राप्त गरेपछि प्रचण्डले समसामयिक विषयहरुप्रति अरु बढी चासो देखाएका हुन्। 

प्रचण्डले खासगरी, मन्त्रिपरिषद विस्तार, उच्चस्तरीय राजनीतिक संयन्त्र र जसपा तथा एमालेभित्रको समीकरणबारे बढी चासो राखिरहेका छन्।

प्रकाशित: Jul 20, 2021| 12:59 मंगलबार, साउन ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।