शुक्रबार, वैशाख २८, २०८१

नेपाललाई आफ्नै समूह जोगाउन धौधौ

‘माधव नेपालसँगै रहे पनि देउवालाई विश्वासको मत दिने विषयमा हामी एकमत हुन सकेनौं,’ तटस्थ रहेका एक सांसद भन्छन्, ‘दसबुँदे सहमतिअनुसार पार्टीलाई एक ढिक्का बनाएर लैजाऔं भन्दा माधव नेपाल तयार हुनु भएन त्यसैले हामी तटस्थ बसेका हौं।’ 
 |  मंगलबार, साउन ५, २०७८

बीपी अनमोल

बीपी अनमोल

मंगलबार, साउन ५, २०७८

काठमाडौं– एमाले नेतृत्वमा रहेको सरकार ढालेर कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गरेका वरिष्ठ नेता माधवकुमार नेपाल आफ्नै समूहभित्रको विवादबाट गुज्रिरहेका छन्। कार्यदलले गरेको दसबुँदे सहमतिलाई दिएर नेपाल समूहमा तीव्र असन्तुष्टि देखिएको हो। 

triton college

विवाद बढ्दै गएपछि नेपाल समूहलाई आफ्नै समूह जोगाउन मुस्किल परिरहेको छ। छिटोभन्दा छिटो विश्वासको मत लिनुपर्ने भन्ने नेपालकै आग्रहमा प्रधानमन्त्री देउवाले आइतबार विश्वासका मत लिएको नेता भीम आचार्यको बुझाइ छ। यद्यपि विश्वासको मत दिने विषयमा नेपाल समूह एकमत हुन सकेन। सोही कारण भीम रावलले त सांसद पदबाट राजीनामा दिएको घोषणा गरे। विश्वासको मत लिने निर्णयले विवाद चुलिएको नेता आचार्य बताउँछन्।

देउवालाई विश्वासको मत दिने विषयमा नेपाल पक्षबाट देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने माग राख्दै सर्वोच्च अदालतमा हस्ताक्षर गरेका सांसद नै विभाजित बनेका थिए। हस्ताक्षर गरेकामध्ये केहीले पक्षमा मतदान गरे। यस्तै विघटित कार्यदलमा रहेका सांसदसहित केही तटस्थमा बसे। 

‘माधव नेपालसँगै रहे पनि देउवालाई विश्वासको मत दिने विषयमा हामी एकमत हुन सकेनौं,’ तटस्थ रहेका एक सांसद भन्छन्, ‘दसबुँदे सहमतिअनुसार पार्टीलाई एक ढिक्का बनाएर लैजाऔं भन्दा माधव नेपाल तयार हुनु भएन त्यसैले हामी तटस्थ बसेका हौं।’ 

‘पार्टी एकताको विकल्प छैन। हाम्रो लडाइँ एमाले हुन पाऊँ भन्ने नै हो’, उनी भन्छन्, ‘अहिलेसम्म केपी शर्मा ओलीले त्यो नगरेका कारणले यो अवस्था आएको हो। यसमा अरू पनि गम्भीर हुनुपर्छ।’

corrent noodles
Metro Mart

माधव नेपालले कार्यदलले गरेको सहमति कार्यान्वयन गर्न नसक्ने बताएपछि उनी निकटकै नेता पनि रुष्ट बनेका छन्। जसका कारण पछिल्लो घटनाक्रम विकास भएको नेताहरु बताउँछन्। एमाले सांसद एवम् केन्द्रीय कमिटी सदस्य झपट रावल आफूहरू एकताबद्ध एमालेको पक्षमा रहेको भन्दै यसबारे शीर्ष नेतृत्व गम्भीर हुनुपर्ने बताउँछन्।

‘पार्टी एकताको विकल्प छैन। हाम्रो लडाइँ एमाले हुन पाऊँ भन्ने नै हो’, उनी भन्छन्, ‘अहिलेसम्म केपी शर्मा ओलीले त्यो नगरेका कारणले यो अवस्था आएको हो। यसमा अरू पनि गम्भीर हुनुपर्छ।’ उनले दसबुँदे सहमति केपी ओली र माधव नेपाल बसेर संयुक्त रुपमा कार्यान्वयन गर्ने सहमति नगरेसम्म विवाद समाधान नहुने बताए।  उसो त नेपाल पक्षका नेताहरू देउवालाई समर्थन गरेर संविधान र मुलुकको राजनीति सही बाटोमा आएकाले अब विवाद आवश्यक नरहेको बताउँछन्।

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य देउवालाई विश्वासको मत दिनु मुलुकको दीर्घकालीन हितमा रहेकाले नेपालमाथि रिस पोख्नुको औचित्य नरहेको बताउँछिन्। उनी भन्छिन्, ‘नेपालमाथि रिस पोखेर दिनप्रतिदिन जुन अभिव्यक्ति आइरहेको छ त्यसले एकताबद्ध गराउनभन्दा पनि झन् समस्या निम्त्याउनेछ।’ 

उनी पार्टी अध्यक्ष ओलीको अभिव्यक्तिले पनि एकता प्रक्रियामा समस्या सुरु भएको बताउँछिन। ‘कसरी एकले अर्कालाई सिध्याउने भन्ने स्थितिबाट अघि बढेर नेतृत्व सफल हुन सक्दैन,’ शाक्य भन्छिन्, ‘यसरी अघि बढ्दा एकताको वातावरण सहज हुन्छ र अघि बढ्छ भन्ने लाग्दैन।’ 

नेपालको याेजना– निरंकुश प्रवत्तिमाथि अंकुश लाग्यो, अब पार्टी एक ढिक्का बनाउनुपर्छ

आइतबार विश्वासको मत दिएपछि संसदबाट बाहिरिने क्रममा नेता नेपालले दिएको अभिव्यक्ति पनि अर्थपूर्ण छ। उनको अभिव्यक्तिलाई अहिलेसम्मको सबै शक्ति ओलीको असंवैधानिक कदम विरुद्ध रहेको र अब आफ्नो जोडबल पार्टी एकतामा केन्द्रित रहने बुझाइ कतिपयको छ।

‘संविधान जोगिएको छ। संविधान निर्माताको भावनाको सम्मान भएको छ। सर्वोच्च अदालतको फैसला ऐतिहासिक छ। हामीले त्यसको उचित कदर गरेका छौं। यसका निम्ति सबै सांसद धन्यवादका पात्र हुनुहुन्छ।’ 

नेपालले निरंकुश प्रवृत्तिमाथि अंकुश लागेको प्रतिक्रिया दिएका थिए। उनले भनेका थिए, ‘संविधान जोगिएको छ। संविधान निर्माताको भावनाको सम्मान भएको छ। सर्वोच्च अदालतको फैसला ऐतिहासिक छ। हामीले त्यसको उचित कदर गरेका छौं। यसका निम्ति सबै सांसद धन्यवादका पात्र हुनुहुन्छ।’ 

नेपालले पटकपटक प्रतिनिधिसभा पटकपटक विघटन गरेर यसले स्थायित्व दिन सक्दैन भनेर जुन हिसाबले कदम चालिएको थियो, त्यो कार्य सतप्रतिशत गलत रहेछ भन्ने पुष्टि भएको बताएका थिए। नेपाल निकट एक नेता भन्छन्, ‘संविधान र प्रणाली जोगिएको छ। अब पार्टीभित्रको विवाद मिलाउनुको विकल्प छैन।’ नेपाल निकट नेता घनश्याम भुसालले पनि संसद् जोगाइएकाले अब आफूहरूको ध्यान पार्टी जोगाउनमा केन्द्रित रहने बताएका छन्। उनले आइतबार देउवाले विश्वासको मत पाएपछि सामाजिक सञ्जालमा लेखेका थिए, ‘संसद जोगाउनुपर्थ्यो, जोगिएको छ। अब पार्टी जोगाउनुपर्नेछ, जोगाइनेछ। हामी उठ्छौं, धुलो टक्टक्याउँछौं र अगाडि बढ्छौं।’

संकटमा १० बुँदे सहमति

नेताहरूबीच विवाद बढेपछि एमालेको विवाद समाधान गर्न गठन भएको कार्यदलले गरेको दसबुँदे सहमति कार्यान्वयनमा समस्या देखिएको छ। यसलाई आधार मानेर एमाले एकताबद्ध बनाएर लैजानुपर्ने धारणा राख्दै आएका कार्यदलका सदस्यहरु पछिल्लो समय पार्टी अध्यक्ष र वरिष्ठ नेताहरुको अन्तरद्वन्द्वले नै एमालेभित्र संकट देखिएको बताउँछन्। त्यसको प्रत्यक्ष असर आइतबार देखिएको छ। नेपालका तर्फबाट कार्यदलका संयोजक रहेका एमाले उपाध्यक्ष भीम रावलले दिएको राजीनामा। संस्थापन पक्षको बैठकले कार्यदलको सहमतिलाई अनुमोदन गरेको छ भने कार्यदल पनि भंग गरेको छ।

‘कार्यदलले गरेको सहमति कार्यान्वयन गर्न नेतृत्व तहलाई दबाब दिइएको थियो। तर, आइतबार नै नेता नेपालसँग छलफल गर्दा उहाँले त्यसलाई ठाडै अस्वीकार गरेर देउवालाई विश्वासको मत दिने भन्नुभयो,’ नेता रावल निकट एक नेता भन्छन्, ‘नेतृत्वको गतिविधिलाई देखेर उहाँले राजीनामा दिनुभएको हो।’ 

‘कार्यदलले गरेको सहमति कार्यान्वयन गर्न नेतृत्व तहलाई दबाब दिइएको थियो। तर, आइतबार नै नेता नेपालसँग छलफल गर्दा उहाँले त्यसलाई ठाडै अस्वीकार गरेर देउवालाई विश्वासको मत दिने भन्नुभयो,’ नेता रावल निकट एक नेता भन्छन्, ‘नेतृत्वको गतिविधिलाई देखेर उहाँले राजीनामा दिनुभएको हो।’ 

देउवाले विश्वासको मत लिनुअघि कोटेश्वरमा विघटित कार्यदलमा केही सदस्यहरुले नेता नेपालसँग छलफल गरेका थिए। उक्त छलफलमा नेता नेपालले आफू एक्लै भए पनि देउवालाई विश्वासको मत दिने र अल्पमतमा रहेको पार्टीभित्रको कमिटीमा गरिएका निर्णय स्वीकार्न नसक्ने अडान लिएका थिए। सोही विषयलाई लिएर नेता नेपाल र रावलबीच चर्काचर्की परेको थियो। 

बैठकमा नआएपछि ओलीले दिए ‘गद्दार’ को संज्ञा

एमाले विवाद समाधान गर्न गठित कार्यदलले गरेको सहमति र एमालेको असन्तुष्ट माधव नेपाल पक्षले राख्दै आएको मागबमोजिम एमाले संस्थापन पक्षले सोमबार दसौं केन्द्रीय कमिटीकै हैसियतमा बैठक बोलायो। तर, माधव नेपाल पक्ष बैठकमा सहभागी भए। बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले माधवकुमार नेपाललाई कम्युनिस्ट आन्दोलनको गद्दारको संज्ञा दिए। 

ओलीले आफ्नो पार्टीको सरकार ढाल्न र आफूलाई प्रधानमन्त्रीबाट बहिर्गमन गर्न मुख्य भूमिका खेलेको आरोप नेपालमाथि लगाउँदै आएका छन्। ओलीले आइतबार देउवालाई पार्टीभित्रकै २२ जनाले विश्वासको मत दिएपछि थप आक्रोशित थिए। त्यसैले उनी केन्द्रीय कमिटी बैठकमा ओली नेपाल र देउवालाई विश्वासको मत दिने सांसदप्रति खनिएका थिए। बैठकले २२ जनालाई २४ घण्टे स्पष्टीकरणसमेत सोधेको छ।

बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले माधव नेपाल एमालेमा फर्किन नसक्ने र दसबुँदे सहमतिअनुसार गल्ती स्वीकारेर अरु साथी फर्किन चाहे त्यसलाई सहजै लिन सकिने बताए। 

आआफ्नै अडानले संकटमा एकता

एमालेभित्र देखिएको विवाद समाधान गर्न कार्यदलले गरेको सहमति कार्यान्वयनमा ओली पक्ष तयार देखिन्छ। तर, माधव नेपालले त्यसलाई स्वीकार्न सकेका छैनन्। कार्यदलमा रहेका एक नेता ओली र नेपालबीचको अन्तरद्वन्द्वकै कारण एमालेको भविष्य संकटमा परेको बताउँछन्।

‘उहाँहरु एकअर्कालाई स्वीकारेर जाने अवस्था देखिएको छैन। गालीगलौज र आक्षेप लगाउने काम भइरहेको छ,’ ती नेता भन्छन्, ‘उहाँहरुकै कारण एमाले नेताकार्यकर्ताको राजनीति नै संकटमा धकेलिएको छ। 

ओली निकट एक केन्द्रीय सदस्य पनि माधव नेपालसहितको एमाले हुन सक्ने सम्भावना न्यून भएको बताउँछन्। ‘उहाँ (अध्यक्ष) सोमबारको केन्द्रीय कमिटी बैठकमा पनि माधव नेपालप्रति निकै क्रूद्ध भएर प्रस्तुत हुनुभयो। यसरी त उहाँहरु दुवै एक ठाउँमा बस्न सक्ने अवस्था नै छैन,’ उनी भन्छन्, ‘हिजोसम्म जसले जेजे कमजोरी गर्यो त्यो स्वीकारेर जानुपर्ने ठाउँमा व्यक्तिगत इगोलाई लिएर उहाँहरु प्रस्तुत भइरहनुभएको छ। यो हेर्दा दुवैजना एक ठाउँमा रहने अवस्था झिनो बनेको छ।’ 

उनले पछिल्ला समय पार्टी अध्यक्षले माधव नेपालप्रति गरेको टिप्पणी र नेता नेपालको व्यवहारले एमाले एकताबद्ध भएर अघि बढ्ने सम्भावना निकै कम भएको बताए। 

माधव नेपालबाहेकका नेताकार्यकर्तालाई सहजै स्वीकार्न सकिने ओलीको अडान र कुनै पनि हालतमा ओलीसँग नझुक्ने बरु नयाँ हिसाबले अघि बढ्ने नेपालको चाहनाले यतिखेर नेकपा एमालेको राजनीतिक जीवन चरम संकटबाट गुज्रिरहेको छ। 

माधव नेपालबाहेकका नेताकार्यकर्तालाई सहजै स्वीकार्न सकिने ओलीको अडान र कुनै पनि हालतमा ओलीसँग नझुक्ने बरु नयाँ हिसाबले अघि बढ्ने नेपालको चाहनाले यतिखेर नेकपा एमालेको राजनीतिक जीवन चरम संकटबाट गुज्रिरहेको छ। 

देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको अवस्थालाई माफीका रुपमा भए पनि स्वीकारेर पार्टीलाई एकताबद्ध बनाएर लैजाने सोच बनाएको संस्थापन पक्ष आइतबार नेपालसहितका सांसदहरुले विश्वासको मत दिएपछि अब भने नेपालले अर्कै बाटो रोजि सकेको बुझेको छ। सोमबार बसेको एमालेको केन्द्रीय कमिटीको बैठकले पनि यस्तै निष्कर्ष निकालिसकेको छ।

‘उहाँले (नेता नेपाल) दसबुँदे सहमतिका कतिपय विषयमा सहमत हुनुहुन्न। देउवालाई विश्वासको मत दिने वचनबाट पछाडि हटदिन र अल्पमतमा भएको कमिटीमा संस्थागत निर्णय मान्दिन भन्नुभएको छ,’ नेता नेपाललाई उधृत गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवाली भन्छन्, ‘हाम्रो प्रयासले माधव नेपाललाई फर्काउन सकेनौं। उहाँ अर्कै बाटोमा अघि बढ्न खोजिरहनुभएको छ।’ 

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच झन्डै एक वर्षदेखि विवाद छ। फागुन २३ मा सर्वोच्च अदालतले एमाले र माओवादीलाई पूर्ववत् रूपमा फर्किएपछि चुलिएको विवाद पटकपटकको संवादबाट पनि समाधान नभएपछि अन्ततः अध्यक्ष ओली नेतृत्वको सरकार ढलेर मुलुकको राजनीतिक समीकरण परिवर्तन भएको छ। 

ओलीसँग विवादका कारण नेपाल समूह बैठकमा सहभागी हुन छाडेको छ। ओली पक्ष पनि बैठकमा बोलाउनुको औचित्य नरहेको भन्दै आफ्नै ढाँचाले अघि बढ्न थालेको छ।
 

प्रकाशित: Jul 20, 2021| 07:10 मंगलबार, साउन ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।