काठमाडौं- मेगा रेमिटको सेवा अब खल्ती डिजिटल वालेटबाट पनि उपलब्ध हुने भएको छ। मेगा बैंक र खल्ती डिजिटल वालेटको स्पारो पे प्राइभेट लिमिटेबीच रेमीट भुक्तानी सेवाका लागि साझेदारी गर्ने सम्झौता भएको हो।
सम्झौता अनुसार, अब सर्वसाधारणहरुले मेगा रेमिटमार्फत स्वदेश तथा विदेशबाट पठाएको रकम खल्ती डिजिटल वालेटबाट पनि प्राप्त गर्न सक्ने भएका छन्।
यसका साथै, बेलायत, अष्ट्रेलिया, दक्षिण कोरिया, इजरायल, जोर्डन, कुवेत, युएई, मलेसिया, साउदी अरब र भारतबाट मेगा रेमीटमार्फत पठाएको रकम खल्तीमार्फत् प्राप्त गर्न मेगा बैंकले जानकारी दिएको छ।
नेपालभित्र पनि खल्तीमार्फत रकम पठाउन र प्राप्त गर्न अझ सहज हुने विश्वास बैंकले लिएको छ।