शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सुदूरपश्चिम सरकारको एक महिनामा सकियो १० अर्ब बजेट, ३० प्रतिशत बजेट फ्रिज

सुदूरपश्चिम सरकारको एक महिनामा सकियो १० अर्ब बजेट, ३० प्रतिशत बजेट फ्रिज

सुदूरपश्चिम प्रदेश सरकारले एक महिनामा करिव १० अर्ब बजेट खर्च गरेको छ। असाढे बजेट खर्च गर्ने परिपार्टीलाई निरन्तरता दिँदै प्रदेश सरकारले यस वर्ष पनि असाढ मसान्तमा मात्रै झण्डै आधा बजेट खर्च गरेको हो।
 |  सोमबार, साउन ४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ४, २०७८

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले एक महिनामा करिव १० अर्ब बजेट खर्च गरेको छ। असाढे बजेट खर्च गर्ने परिपार्टीलाई निरन्तरता दिँदै प्रदेश सरकारले यस वर्ष पनि असाढ मसान्तमा मात्रै झण्डै आधा बजेट खर्च गरेको हो।

प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय धनगढीका अनुसार गत आर्थिक वर्ष २०७७/७८ को अन्तिम असार महिनामा मात्र प्रदेश सरकारले ९ अर्ब ८० करोड बजेट खर्च गरेको छ। 

प्रदेश सरकाले ९ महिनाको अवधीमा १३ अर्ब ४२ करोड रकम खर्च गरेको कोलेनिकाले जनाएको छ। चालुतर्फ प्रदेश सरकारले हालसम्म १० अर्ब ४९ करोड १५ लाख अर्थात् ६४.१५ प्रतिशत खर्च गरेको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख वासुदेव जोशीले बताए। 

पुँजीगततर्फ १२ अर्ब ६९ करोड ९५ लाख अर्थात् ६९.८९ प्रतिशत बजेट मात्रै खर्च भएको जोशीले जानकारी दिए।  उनका अनुसार सरकारले असाढमा धेरै खर्च गरेको छ। प्रदेश सरकारले जम्मा बजेटको ६६.१७ प्रतिशत मात्रै बजेट खर्च गर्न सकेको छ। 

प्रदेश कोलेनिका काअनुसार प्रदेश सरकार अन्तर्गत भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले सबै भन्दा धेरै ७८.६५ प्रतिशत बजेट खर्च गरेको छ। सबै भन्दा कम अर्थ मन्त्रालयको ३.७० प्रतिशत खर्च गरेको छ। प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले ७६.७५ प्रतिशत बजेट खर्च गरेको छ। यसवर्ष प्रदेश सरकारले कूल बजेटको ७० प्रतिशत खर्च गरेको र ३० प्रतिशत बजेट फ्रिज गएको बताइएको छ।

प्रकाशित: Jul 19, 2021| 06:57 सोमबार, साउन ४, २०७८
प्रतिक्रिया दिनुहोस्