सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एसर्इर्इको नतिजा सार्वजनिक, कति पास भए ? यसरी हेर्नुस रिजल्ट

एसर्इर्इको नतिजा सार्वजनिक, कति पास भए ? यसरी हेर्नुस रिजल्ट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । 

गतवर्षको एसईई परीक्षामा ७७ वटै जिल्लाका एक हजार ९ सय ५६ केन्द्रमा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी भएका थिए। नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १, प्राविधिकतर्फ  आठ हजार सात सय आठ जना र एक्जाम्टेडतर्फ २४ हजार ७१ परीक्षार्थी रहेको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले नेपाल समयलाई जानकारी दिए ।

नियमिततर्फ जीपीए ३.६५–४ मा १४ हजार दुई सय ३४, जीपीए ३.२५–३.६० मा ४६ हजार एक सय ३०, जीपीए २.८५–३.२० मा ४९ हजार ३७, जीपीए २.४५–२.८० मा ७० हजार पाँच सय १२, जीपीए २.०५–२.४० मा ६१ हजार आठ सय ७०, जीपीए १.६५–२.०० मा एक लाख एक हजार ४३, जीपीए १.२५–१.६० मा ३५ हजार पाँच सय ८४ र जीपीए ०.८५–०.८० मा ५८ हजार ६ सय ८८ जना उत्तीर्ण भएका छन् ।

यस्तै, आंशिकतर्फ जीपीए ३.६५–४ मा शून्य, जीपीए ३.२५–३.६० मा दुई, जीपीए २.८५–३.२० मा १९, जीपीए २.४५–२.८० मा एक सय ७७,  जीपीए २.०५–२.४० मा सात सय दुई, जीपीए १.६५–२.०० मा ५८ सय ९५, जीपीए १.२५–१.६० मा ६५ सय २७ र जीपीए ०.८५–०.८० मा ३१ सय आठ जना उत्तीर्ण भएका छन् ।

यसैगरी, प्राविधिक नियमिततर्फ जीपीए ३.६५–४ मा पाँच सय ३८, जीपीए ३.२५–३.६० मा १७ सय ६६, जीपीए २.८५–३.२० मा २६ सय ५३, जीपीए २.४५–२.८० मा २५ सय ८०, जीपीए २.०५–२.४० मा ६ सय २९, जीपीए १.६५–२.०० मा एक सय १२, जीपीए १.२५–१.६० मा पाँच र जीपीए ०.८५–०.८० मा चार सय ७९ जना उत्तीर्ण भएका छन् ।

प्राविधिक आंशिकतर्फ जीपीए ३.६५–४ मा शून्य, जीपीए ३.२५–३.६० मा शून्य, जीपीए २.८५–३.२० मा शून्य, जीपीए २.४५–२.८० मा तीन, जीपीए २.०५–२.४० मा शून्य, जीपीए १.६५–२.०० मा शून्य, जीपीए १.२५–१.६० मा शून्य र जीपीए ०.८५–०.८० मा एक जना उत्तीर्ण भएका छन् ।

उमेर नपुगेर परीक्षा दिन नपाउनेहरूमा नियमिततर्फ ७४ जना छन् । थ्योरी मिसिङतर्फ नियमितमा १२ सय ५० र आंशिकमा ५० जना छन् । निष्कासन गरिएका परीक्षार्थी नियमितमा नौ र आंशिकमा एक जना छन् । कापी क्यान्सिल भएका नियमितमा ११ जना छन् । ड्रप आउटतर्फ नियमितमा १३ हजार ९०, आंशिकमा आठ हजार ६ सय ५७, नियमित प्राविधिकतर्फ एक सय ४४ र प्राविधिक आंशिकतर्फ ६ जना छन् ।



यसरी हेर्नु नतिजा

एसईईको नतिजा वेवसाइट, एसएमएस र आईभिआरबाट प्रकाशन हुने भएको छ । नेपाल टेलिकम, आकाश टेक प्राली, फोकशवान नेपाल, एनसेल, वान अप कम्युनिकेशन, जानकी टेक्नोलोजी, एजि सर्भिस लगायतबाट एसएमएसमार्फत हेर्न सकिन्छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट http://www.soce.gov.np मा हेर्न पनि सकिने बोर्डले जनाएको छ । त्यस्तै शिक्षा मन्त्रालयको www.doe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरको www.doe.gov.np, राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरको www.neb.gov.np र नेपाल टेलिकमको http://www.slc.ntc.net.np, एनसेल प्रा. लि.को www.ncell.axiata.com मा गएर पनि परीक्षाको नतिजा हेर्न सकिने बोर्डले जनाएको छ । तर, लोड बढी भएका कारण यी साइटहरू खुल्न सकेका छैनन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।