शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • लगानीकर्तालाई जोखिम कम हुनेगरी सेयर बजारमा नयाँ नियम लागू

लगानीकर्तालाई जोखिम कम हुनेगरी सेयर बजारमा नयाँ नियम लागू

आइतबारदेखि सेयर बजारमा नयाँ नियम लागू भएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सेयर खरिद-बिक्री गर्दा मूल्यमा एक रुपैयाँभन्दा कम मूल्य राख्नुपर्ने गरी नयाँ व्यवस्था लागू गर्न नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको थियो।
 |  आइतबार, साउन ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३, २०७८

काठमाडौं- आइतबारदेखि सेयर बजारमा नयाँ नियम लागू भएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सेयर खरिद बिक्री गर्दा मूल्यमा एक रुपैयाँ भन्दा कम मूल्य राख्नुपर्ने गरी नयाँ व्यवस्था लागू गर्न नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको थियो। सो नियम आइतबारदेखि सेयर बजारमा लागू भएको छ। 

प्रि ओपनिङ सेसनमा केही मानिसले मूल्य बढाउने वा घटाउने उद्देश्यका साथ धेरै रकम घटवड गरी मूल्य राखिदिँदा बजार अनियन्त्रित हुन पुगेको भन्दै बोर्डले यस्तो व्यवस्था गर्न निर्देशन दिएको हो‍। 

आइतबार निफ्रा, हिमालयन ऊर्जा विकास कम्पनी, प्रभु लाइफ इन्स्योरेन्स, कृषि विकास बैंक, ज्योति विकास बैंक, मुक्तिनाथ विकास बैंकलगायतका कम्पनीको सेयर मूल्य १० पैसासम्म घटबढ भएर कारोबार भएको छ।

बोर्डले गत असार १० मा मूल्य सीमा परिवर्तन गर्ने धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ को दोस्रो संसोधन गरेको थियो। उक्त संसोधनमा १० पैसासम्म घटबढ गर्न पाउने व्यवस्था गरिएको छ।

यो व्यवस्था कार्यान्वयन भएसँगै ठूलो कारोबारमा १० पैसा मूल्य घट्दा पनि लगानीकर्ताको ठूलो रकम जोगिनेछ। त्यस्तै थोरै मूल्य भएका कम्पनीको सेयर खरिद बिक्री गर्दा १० पैसा घटबढ गर्न पाउने सीमाले किन्ने बेच्ने दुवैलाई फाइदा गर्ने बोर्डले जनाएको छ।

प्रकाशित: Jul 18, 2021| 07:40 आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्