सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • इन्जिनियर सरुवा हुँदा एसर्इर्इ नतिजा प्रकाशनमा ढिलाइ 

इन्जिनियर सरुवा हुँदा एसर्इर्इ नतिजा प्रकाशनमा ढिलाइ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं - शनिबार साँझ ४ बजे सार्वजनिक गर्ने भनिएको एसर्इर्इको नतिजा प्रकाशनमा ढिलाइ भएको छ। परीक्षा नियन्त्रण कार्यालयले अपराह्न ४ बजे पत्रकार सम्मेलनमार्फत नतिजा सार्वजनिक गर्ने भनिएपनि ७ बजिसक्दा सम्म सार्वजनिक गरेको छैन्। 

प्राविधिक कारणले नतिजा आउनुमा ढिलाइ भएको परीक्षा नियन्त्रक अम्बिका प्रसाद रेग्मीले बताएका छन्। उनका अनुसार नतिजा प्रकाशनमा अझै केही समय लाग्ने भएको छ। 

स्रोतका अनुसार परिक्षा नियन्त्रण कार्यालयमा एक इन्जिनियरको सरुवा भएकोले मार्कशिट कम्युटरार्इज गर्न समस्या हुँदा तोकिएको समयमा नतिजा प्रकाशन हनु नसकेको हो। 

गत चैतमा सञ्चालित माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजामा तोकिएको समयमा प्रकाशन नहुँदा विद्यार्थी, अभिभावक तथा शिक्षकशिक्षिका आक्रोशित बनेका छन् । उनीहरुले सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रियाहरु दिएका छन् । उनीहरुले सामाजिक सञ्जालमा शिक्षाजस्तो संवेदनशिल विषमा राजनीतिकरण गरेर विद्यार्थीको भविष्यमाथि नै लापरबाही गरेको उल्लेख गरेका छन्।  

अहिले नतिजा सार्वजनिक गर्नका लागि प्राविधिक पक्ष मिलाउन परीक्षा बोर्डका पदाधिकारीहरुको बैठक बसिरहेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।