शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनआईसी एशिया क्यापिटल सञ्चालक समितिको अध्यक्षमा ढकाल

एनआईसी एशिया क्यापिटल सञ्चालक समितिको अध्यक्षमा ढकाल

 |  आइतबार, साउन ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३, २०७८

काठमाडौं– एन आई सी एशिया क्यापिटल लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा कपिल ढकाल नियुक्त भएका छन् । 

बैंकको साउन १ गते बसेको सञ्चालक समितिको ९२ औं बैठकले एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत ढकाललाई क्यापिटलको सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।  उनी प्रोफेशनल चाटर्ड एकाउन्ट पनि हुन् । 

हाल एन आई सी एशिया लघुवित्त वित्तीय संस्थामा समेत अध्यक्ष रहेका उनले हासिल गरेको लामो कार्यअनुभव तथा उच्च व्यवस्थापकिय क्षमताले आगामी दिनमा कम्पनीको समग्र व्यवसाय विस्तार र कम्पनीबाट प्रदान गरिने सेवालाई उत्कृष्ट बनाई कम्पनीले नयाँ उचाई चुम्ने विश्वास लिएको क्यापिटलले जनाएको छ । 

छिटो, छरितो तथा ग्राहकमुखी सेवा दिंदै क्रमिक रूपमा लगानीकर्तामाझ लोकप्रिय बन्दै गइरहेको एन आई सी एशिया क्यापिटल लिमिटेडले हाल म्युचुअल फण्ड, शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग तथा इन्भेष्टमेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ । 
 

प्रकाशित: Jul 18, 2021| 07:01 आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्