शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सानिमा बैंकका ग्राहकले दराजको महाबचत बजारमा विशेष छुट पाउने

सानिमा बैंकका ग्राहकले दराजको महाबचत बजारमा विशेष छुट पाउने

 |  आइतबार, साउन ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३, २०७८

काठमाडौं– सानिमा बैंकले अनलाइन सपिङ पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट दिने भएको छ । 

दराजको महाबचत बजार योजना अन्तर्गत बैंकका ग्राहकले डेबिटकार्ड प्रयोग गरी सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम् १ हजा ५ सयसम्मको छुट प्राप्त गर्न सक्नेछन् । क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा २० प्रतिशत वा अधिकतम् २ हजारसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यो योजना २०७८ साउन ३ देखि ७ गते सम्म लागू हुनेछ ।

उक्त समझदारीपत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग विभाग प्रमुख विक्रम श्रेष्ठ र दराज केयमुको तर्फबाट डिजिटल पेमेन्ट पाटनरसिप म्यानेजर अरुण फुँयालले हस्ताक्षर गरेका छन् ।
 

प्रकाशित: Jul 18, 2021| 06:57 आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्