शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • प्राइम बैंक खाता खल्तीसँग लिंक गर्दा सय रुपैयाँ बोनस पाइने

प्राइम बैंक खाता खल्तीसँग लिंक गर्दा सय रुपैयाँ बोनस पाइने

 |  आइतबार, साउन ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३, २०७८

काठमाडौं– अनलाइन पेमेन्ट सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले प्राइम बैंक खाता खल्तीसँग लिङ्क गर्दा सय रुपैयाँ बोनस दिने भएको छ।

एकपटक बैंक लिङ्क गरिसकेपछि लोड नगरी सिधै बैंकबाट भुक्तानी गर्न सरल बनाउने उद्देश्यले उक्त बोनस अफर ल्याइएको कम्पनीले जनाएको छ ।  

यो बोनस अफर पहिलोपटक प्राइम बैंक अकाउन्ट खल्तीसँग लिङ्क गर्ने प्रयोगकर्ताहरूको हकमा मात्र लागु हुने जनाइएको छ । लिङ्क गर्नका लागि प्रयोगकर्ताले आफ्नो खल्ती केवाईसी अनिवार्य भेरिफाई गराएको हुनुपर्छ । त्यसैगरी प्रयोगकर्ताको खल्ती वालेट र बैंक अकाउन्टमा दाखिला गरिएको मोबाइल नम्बर एउटै हुनुपर्ने जनाइएको छ ।

प्रकाशित: Jul 18, 2021| 06:54 आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्