काठमाडौं - साढें ३३ किलो सुन तस्करी प्रकरणमा व्यापारी सञ्जय खेतान पक्राउ परेका छन् ।
सुन तस्करीको अनुसन्धानका लागि गृह मन्त्रालयद्वारा गठित उच्चस्तरीय छानविन समितिले शनिबार व्यापारी खेतानलाई काठमाडौंबाट नियन्त्रणमा लिएको हो।
शनिबार बिहान भारत जान लागेका खेतानलार्इ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो। समिति स्रोतका अनुसार खेतानले अवैध सुनमा लगानी समेत गर्ने र सुन खरिदकर्ता समेत खोज्ने काम गर्थे।
उनी मोहन अग्रवालका व्यपारिक पार्टनर हुन् । खेतानलार्इ नियन्त्रणमा लिएसँगै सुन तस्करीको माथिल्लो कनेक्सन पत्ता लगाउन सकिने छानबिन समितिका दाबी छ ।
गत हप्ता विमल पोदा, अकबर शाह, डब्बु भनिने इम्तियाज अलीलार्इ पक्राउ गरेको थियो । उनीहरु हुण्डी तथा तस्करीमा संलग्न भएको खुलासा भएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४