शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • दराजको महाबचत बजार अभियानमा म्याकबुक प्रो १३, आइफोन१२ जित्ने सकिने

दराजको महाबचत बजार अभियानमा म्याकबुक प्रो १३, आइफोन१२ जित्ने सकिने

 |  आइतबार, साउन ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३, २०७८

काठमाडौं– अनलाइन बजार दराजले महाबचत बजार अभयान सञ्चालन गर्दै छ ।

यो अभियानमा ४ हजारसम्म छुट, बैंक कार्ड वा आईएमईपेमार्फत अनलाइन प्रि–पेमेन्टमा २ हजारसम्मको छुट, १ रूपैयाँमा आईफोन१२ जित्ने मौका मिल्ने कम्पनीले जनाएको छ ।

बम्पर उपहारमा म्याकबुक प्रो१३ जित्ने मौका  रहेको र निःशुल्क डेलिभरी, निःशुल्क भाउचर साथै अन्य पुरस्कार जित्ने सकिने जनाइएको छ ।

यस अभियानमा नबिल बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक र एनएमबी बैंकका कार्ड धारकहरूले प्रि–पेमेन्टमा आकर्षक छुट पाउनेछन । यी बैंकका डेबिटकार्ड धारकहरूले १५ वा १ हजार ५०० सम्मको छुट पाउनेछन् भने क्रेडिट कार्ड धारकहरूले कार्ड प्रि–पेमेन्टमा २० प्रतिशत वा २ हजारसम्म छुट पाउन सक्ने जनाइएको छ । योअफर सीमित समयको लागि मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यसैगरी, आईएमईपे  खाता मार्फत प्रि–पेमेन्ट गरेर मूल्य थप कम गर्न पनि सकिने जनाइएको छ । आईएमईपेमार्फत भुक्तानी गरे २० प्रतिशतसम्म छुट पाउन सक्नेछन् ।  यसबाहेक पहिलोपटक भिसा कार्डमार्फत भुक्तानी गर्ने दराज ग्राहकहरूले २० प्रतिशतसम्मको छुट पाउन सक्ने जनाइएको छ ।

दराज महाबचत बजारमा ‘खेल एक रुपैयाँ’मा भाग लिने ग्राहकहरुले १ लाख ३३ हजार मूल्यको आईफोन १२ र ५० हजारके श्रीबालाजी हीराको झुम्काजस्ता पुरस्कार जित्न सक्ने पनि जनाइएको छ । खेलमा भाग लिन ग्राहकहरुले बैंक कार्ड वा आफ्नो आईएमईपे खाता प्रयोग गरी १ रुपैयाँ भुक्तानी गर्न सक्दछन् । यदि, नजिते रकम फिर्ता हुने जनाइएको छ ।
 

प्रकाशित: Jul 18, 2021| 06:52 आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्