सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कावा अध्यक्षको हैसियतमा नेपालका १४४ घण्टा- जन्तीदेखि मलामीसम्म

कावा अध्यक्षको हैसियतमा नेपालका १४४ घण्टा- जन्तीदेखि मलामीसम्म

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल १५ वर्ष पार्टी प्रमुख अर्थात् महासचिव भए। अध्यक्षको पद ब्युँताउँदै महासचिवलाई सेकेन्ड म्यानको हैसियत मात्र दिइयो। र, उनी पार्टीको शीर्ष नेतामा सीमिति बने।

तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारीको निधनपछि उनकै सम्मानमा अध्यक्षको कुर्सी मात्र राखियो। र, महासचिवलाई प्रमुखको हैसियत दिइयो। वरिष्ठ नेता नेपालले डेढ दशकसम्म महासचिवका रूपमा पार्टीको कमान्ड गरे। 

बुटवलमा सम्पन्न एमालेको आठौं महाधिवेशनमा अध्यक्षको पद ब्युँताइयो। र, झलनाथ खनालले अधिकारीपछिको पहिलो अध्यक्ष बन्ने अवसर पाए। काठमाडौंमा सम्पन्न नवौं महाधिवेशनमा पनि केपी ओलीले बाजी मारे। 

संशोधित विधानअनुसार नेपाल नै पहिलो अध्यक्ष बन्न चाहन्थे। तर, त्यतिबेला गुमेको अवसर अझै फर्काउन सकेका छैनन्, नेपालले। 

एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि नेपालले मंगलबार पहिलो पटक पार्टीको कार्यवाहक प्रमुखको जिम्मेवारी पाए। अर्थात्, एमालेको नभई नेकपाको कार्यवाहक अध्यक्ष। 

सधैंजसो सक्रिय रहन रुचाउने नेता नेपालले लामो समयपछि पार्टी प्रमुखको जिम्मेवारी पाएका हुन्। ६ दिनका लागि प्राप्त भएको जिम्मेवारीको समय व्यस्ततामै बिताए, नेपालले। 

पहिलो दिन प्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई बिदाइ गरी नेपाल स्वर्गीय डा. उपेन्द्र देवकोटाको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्न आर्यघाट गए। त्यहाँबाट सीधै धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालय पुगी पुनर्संरचना गरिएको कार्यालय निरीक्षण गर्नुका साथै महासचिव विष्णु पौडेल, कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ र स्थायी कमिटी सदस्य भीम रावलसँग विभिन्न विषयमा तीन घण्टा छलफल गरे। साँझ कोटेश्वरका छिमेकीको वैवाहिक कार्यक्रममा सहभागी भए। 

दोस्रो दिन निवासमा केही भेटघाटपछि १० बजे पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा महासचिव विष्णु पौडेलसहित पुगे र निरीक्षण गरे। त्यसअवसरमा कार्यालय सचिव प्रल्हाद बुढाथोकी, प्रकाश पोखरेल, युवराज चौलागाईं, विदेश विभाग सदस्य लक्ष्मण पन्त तथा केन्द्रीय नेताहरू भानुभक्त ढकाल, पूर्वकेन्द्रीय सदस्य नेत्र पन्थीसहित सामूहिक फोटो सेसन गर्न भ्याए। 

तेस्रो दिन बिहानैदेखि निवासमा समय मागेर भेट्न चाहने सबैलाई पार्टी कार्यालय, पेरिसडाँडामा बोलाए। सोही दिन उत्तरकोरियाका राजदूत किम योङ हक पेरिसडाँडा पुगी भेटवार्ता गरे। त्यसअवसरमा नेपालले कोरियाली प्रायद्विपमा शान्ति स्थापनाका लागि उनले निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गरे। 

सोही साँझ पाँच बजे पेरिसडाँडामै सचिवालयको अनौपचारिक बैठक राखी प्रधानमन्त्रीको चीन भ्रमणमा भएका उपलब्धि, यसको अन्तर्राष्ट्रिय प्रभाव र गर्नुपर्ने तयारीका सन्दर्भमा छलफल गरे। 

पाँचौं दिन बिहानै साविक गोठाटार गाविस पुगी स्थानीय कार्यकर्ताको श्रद्धाञ्जली सभामा सहभागी भए। ११ बजे शंखरापुर नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरिने नगरसभा उद्घाटन गरे। 

त्यसलगत्तै आर्यघाट पुगेर केन्द्रीय सदस्य वंशिधर मिश्रका स्वर्गीय बुवाप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना दिए। त्यसपछि केन्द्रीय सदस्य राजेन्द्र गौतमकी छोरीको विवाहमा शुभकामना दिन पुगे। छैटौं दिन निवासमा केही महत्वपूर्ण भेटघाट गरी प्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नेछन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।