शनिबार, असोज १७, २०८३

विश्व प्रसिद्ध अर्बिटाको उत्पादन नेपाली बजारमा

चीनको विश्व प्रसिद्ध होटल सुरक्षा सम्बन्धी सामाग्री उत्पादन गर्ने अर्बिटाका उत्पादन नेपाली बजारमा उपलब्ध छन्।
 |  आइतबार, साउन ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३, २०७८

काठमाडौ– चीनको विश्व प्रसिद्ध होटल सुरक्षा सम्बन्धी सामाग्री उत्पादन गर्ने अर्बिटाका उत्पादन नेपाली बजारमा उपलब्ध छन्।

सुरक्षा प्रविधीलगायत गुणस्तरिय सामाग्री विक्री गर्दै आएको बार कोड नेपाल इंकप्रालीले अर्बिटाको उत्पादन नेपालमा आधिकारिक विक्री गर्न थालेको हो। बार कोड नेपालले अर्बिटाको होटलहरूमा आबस्यक पर्ने होटल लक, मिनी फ्रिजर, मिनी लकर, इनर्जी सेभिङ्ग स्विचलगायत सामानको विक्रीवितरण गरिरहेको छ।

चीनको ठूलो उत्पादक अर्बिटाको उत्पादन प्रसिद्ध होटलहरू मेरियट, हिल्टन, हायात, र्याडिसन, बारविकलगायत प्रयोग भइरहेको छ। हाल विश्वभर करिब २० हजार स्तरिय होटलमा अर्बिटाको उत्पादनहरू प्रयोग हुने गरेका छन्।

नेपालको बजारमा केही वर्षदेखी अर्बिटाका सामान उपलब्ध भए पनि आधिकारिक विक्रेता नहुँदा कम्पनिबाट प्राप्तहुने वारेन्टी, मर्मत, छुटलगायतका सुविधाबाट ग्राहक वन्चित हुने गरेका थिए। बार कोड नेपाल र अर्बिटाको औपचारिक सहकार्यपछि अब ग्राहकले कम्पनिले दिने सबै सुविधा सहजै रुपमापाउन सक्नेछन्।

प्रकाशित: Jul 18, 2021| 01:07 आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्