सोमबार, असार २९, २०८३

‘चीनमा प्रधानमन्त्रीको प्रचार बढी, उपलब्धि कम’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीले चिन भ्रमणका क्रममा प्रचार मात्र बढी गरेको र उपलब्धिमुलक कुरा नभएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको उपलब्धिको समिक्षा गर्न शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता महतले ओलीको भ्रमणमा खासै नयाँ सम्झौताहरु केहीपनि नभएको जिकिर गरे । उनले भने, ‘रेलको सम्झौता नयाँ होईन, म परराष्ट्रमन्त्री हुँदाखेरि नै बेल्ट एण्ड रोड ईनिसिएसशनमार्फत सम्झौता गरेको थिएँ, अरुखाले द्धिपक्षीय सम्झौताहरुपनि भएका थिए।’
 
चीनसँग पनि नेपालको ठूलो व्यापार घाटा रहेको उल्लेख गर्दै नेता महतले प्रधानमन्त्री ओलीको यो भ्रमणको क्रममा नेपालमा उत्पादित भएका र चीनबाट माँग भएका सिमित वस्तुहरु बिना भन्सार चीन निर्यात गर्नेबारे ठोस सहमति हुनुपर्दथ्यो भन्दै त्यसो हुन नसकेकोमा गुनासो पोखे ।
 
त्यस्तै उनले भ्रमणको दौरान विद्युतमा लगानी गर्ने भन्ने कुरा आएको कोट्याउँदै त्यो लगानी कसरी आउँछ भन्दै प्रश्न समेत गरे । उनले भने,‘कुन शर्तमा चिनियाँ लगानी आउने हो ? पिपिए कसरी गर्ने भन्नेबारे अहिलेपनि स्पष्ट भएको छैन्।’

त्यस्तै ट्रान्समिशन लाईन निर्माणबारे भएको सहमतिप्रति उनले उक्त परियोजना अनुदान, ऋण वा के मा बन्ने हो ? र विद्युत खरिद तथा विक्री सम्झौता कस्तो हुने हो भन्दै प्रश्न गरे । प्रधानमन्त्रीको चीन भ्रमणमा भएका समझदारीका विषयवस्तुहरु पूरानै रहेकोपनि उनको गुनासो छ । 

उनले भने,‘नयाँ विषयवस्तुहरु केही पनि छैनन्, कार्यान्वयन अब कसरी हुन्छ र कुन शर्तमा सहयोग आउने हो त्यो हेर्न बाँकी छ, चीनमा प्रधानमन्त्रीको प्रचार बढी तर उपलब्धि कम भयो।’ काभ्रेको पाँचखालमा औद्योगिक केन्द्र निर्माण गर्ने भनिएको थियो त्यो निर्माण भए नेपालमा उत्पादित वस्तुहरु निर्यात गर्न सजिलो हुने थियो भन्ने उनको तर्क थियो । तर यस सम्बन्धमा समेत प्रधानमन्त्रीले भ्रमणमा कुनै ठोस सहमति नभएको उनको गुनासो छ । 

त्यस्तै उनले पेट्रोलियम भण्डारणको विषयमा पनि ठोस कुरा नआएको गुनासो गरे । कोदारी राजमार्ग खुलाउनुपर्छ भनेर आफूहरुले भन्दै आएको बताउँदै उनले भने,‘हामीले कोदारी राजमार्ग खुलाउनुपर्छ भनेर भन्दै आएका छौं, समग्रतामा ओलीजीको चीन भ्रमण हुनुभन्दा पहिल्यै नै उहाँले भ्रमणपछि उथुलपुथुल नै हुन्छ भनेर बोल्नुभयो, रेल त पर्सीबाट नै चल्छ जस्तो कुरा भरर भन्नुभयो, तर काम गर्ने कुरा गर्नुपर्यो नि, कुरा त हामीपनि भरर गर्नसक्छौं।’
 
उनले देश र जनताको स्वार्थलाई केन्द्रमा राखेर अन्य देशहरुसँग सम्बन्ध कायम गर्नुपर्नेमा जोड दिए । महतले भने,‘यदि समस्याहरु छन् भने तर्कसंगत ढंगले टेबुलमा राख्नुपर्छ, सत्तामा नहुञ्जेलसम्म मेरै काँधमा राष्ट्रियता छ जस्तो गरेर खोक्रो राष्ट्रियताको कुरा गर्ने अनि सत्तामा पुगेपछि सबै कुरा राम्रै छ, ठिकै छ भन्ने, जुन ठाउँमा भन्नुपर्ने हो त्यहाँ भन्नुपर्यो, बोर्डर, व्यापार, लगानी, पारवाहन वा यातायातसम्बन्धी के विषयमा बोल्नुपर्ने हो त्यो तर्कसंगत रुपमा राख्नुपर्यो।’ उनले प्रधानमन्त्री ओलीलाई जनतातिर फर्केर नारा लगाउन सिपालु रहेको समेत आरोप लगाए । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।