मनोज पण्डितका बाआमा चाहन्थे, उनी डाक्टर बनुन्, तर बनिदिए सिनेमाका ‘डाइरेक्टर’। बाआमाको चाहना अधुरै छाडेर सिनेमा निर्देशनमा होमिएका उनको मनमा भित्रभित्रै कतै मसिनो चाहना भने थियो, ‘स्वास्थ्य क्षेत्रमा केही गर्नु सकूँ।’
गत मंसिरमा मनोज नयाँ फिल्म ‘एक’को गीत सुटिङका लागि देश दौडाहामा थिए, त्यही बेला नेपाल टेलिभिजनबाट एक्कासि आरती चटौतको कल आयो। त्यो त्यही कल थियो, जसले उनको गुम्सिरहेको चाहना फेरि बल्झाइदियो।
आरतीले उनलाई प्रस्ताव गरिन्, ‘हामी केही नयाँ गर्न चाहन्छौँ। यसपालिको ‘जीवनचक्र’मा मिल्छ भने तपाईलाई सहभागी गराउन चाहन्छौँ।' आरतीको प्रस्तावले उनी झस्किए। कारण, यो प्रस्ताव उनका बाआमाको ‘डाक्टर सपना’सँग जोडिएको थियो।
यसअघि उनी फिल्म बनाइरहेका थिए, एक्कासि टेलिसिरियलको प्रस्ताव आउनु उनका लागि नयाँ त छँदै थियो। तर, उनको मनमा तत्काल नाँचेको विषय चाँहि त्यही थियो– ‘बाआमाको इच्छाअनुसार म डाक्टर त बन्न सकिनँ। तर डाइरेक्टर बनेर योगदान दिन सक्छु कि!’
त्यसपछि मनोज सिरियलका लागि तयार भए।
०००
‘जीवनचक्र’ पुरानो र चर्चित स्वास्थ्यसम्बन्धी जनचेतनामूलक टेलिशृंखला (सिरियल) हो। यो सातादेखि हरेक साँझ आइतबार साढे सातबजे नेपाल टेलिभिजनबाट प्रशारण हुने तयारीमा रहेको यो सिरियलसँग जोडिन पाउँदा मनोज उत्साहित थिए।
सिनेमामा निश्चित समय हुन्छ, यसअघि त्यही परिधिमा रहेर उनी कथा भनिरहेका थिए। ‘दासढुंगा’, ‘बधशाला’ जस्ता सिनेमा निर्देशन गरेका थिए। तर, यसपटक उनले कथा भन्नलाई लामो समय पाएका थिए। ‘फिल्म र सिरियलका दर्शकबीचको मनोविज्ञान पनि फरक हुन्छ। म त्यो भिन्नतालाई पनि अनुभुति गर्न चाहन्थेँ, त्यसकारण पनि यो सिरियलसँग जोडिए,’ मनोज भन्छन्।
‘मेरा एकजना दाइ छन्, तिनी पहिले इन्डियामा बसेर आएका हुन्, सलमान खानलाई पनि देखेर आएका हुन्। र, तिनी चाँहि खतरा कलाकार हुन्। देउडा पनि गज्जब गाउँछन्।’
जब मनोजले सिरियलका लागि सम्झौता गरे, त्यति बेलै उनीसामु यसअघिका श्रृंखलाभन्दा भन्दा फरक देखाउने चुनौती खडा भइसकेको थियो। यसअघि यो सिरियलको सुटिङ उपत्यका आसपासमै भइरहेको थियो। यो मात्रै होइन, अधिकांश टेलिसिरियल सहरनजिकै नै सुटिङ भइरहेका छन्।
सधैँ केही फरक गर्न चाहने मनोजले यसपालि सिरियललाई सहरदेखि दूरदराज पुर्याउने निर्णय गरे। त्यस्तो ठाउँमा गएर सुटिङ गर्ने निधो गरे, जुन अत्यन्तै दुर्गम होस्, जहाँ स्वास्थ्यको आधुनिक र सुरक्षित अवधारणा नै स्थापित भएको नहोस्।
त्यसपछि कर्णाली, सुदुरपश्चिम र मधेशलाई यो सिरियलको ‘सेटिङ’ बनाउने निर्णय गरे। तर, काठमाडौंको आँखाबाट मात्रै कर्णालीलाई बुझेर सिरियल बनाउन सहज थिएन। हामीकहाँ सिनेमा होस् या सिरियल, राजधानीकेन्द्रित दृष्टिकोण सधैँ हावी हुने गर्छ। मनोजलाई पनि त्यही भय थियो। त्यसैल 'लोकेसन हन्टिङ'देखि कथाको अध्ययन भन्दै उनी काठमाडौंबाट कर्णालीतिर निस्किए।
सीमित श्रोतसाधनको भरमा निर्माण हुनु नेपाली सिरियलका पुरानै दुःख हुन्। त्यही दुःख मनोजको पनि थियो। भन्छन्, ‘काठमाडौं वरिपरि नै खिचेको भए, सायद धेरै पैसा जोगिन्थ्यो होला। तर, मैले मुगु र डोटीमै गएर खिच्ने निर्णय गरेँ। किनभने यो सिरियललाई मैले नाफाको हिसाबले हेरैकै थिइनँ।’
‘नन–एक्टर’ खौज्दै जाँदा...
हामीकहाँ अधिकांश टेलिसिरियल व्यावसायिक कलाकारकै भरमा बन्छन्। तर, मनोजले यसपटक ‘जीवनचक्र’मा ९० प्रतिशत कलाकार स्थानीयलाई नै बनाउने निर्णय गरे। जहाँको कथा, त्यहीँका स्थानीयकै अभिनय। यो पक्कै सहज थिएन। तर, सिरियललाई जीवन्त देखाउन उनले यो चुनौती मोल्न आवश्यक ठाने।
सुरुमा उनी डोटी पुगेँ। डोटीको पनि खप्तड नजिकैको अतिदुर्गम क्षेत्र। जहाँ अझै छाउपडी प्रथा हराएको छैन। प्रायःपरिवारका पुरुष सदस्य रोजगारीका लागि भारत गएका छन्। अनि, गाउँमा कोही छन् भने सायद अधिकांश महिला नै छन्।
मैले तत्काल दिएको प्रतिक्रिया थियो– क्या नवाजुद्दीन सिद्दिकीकै जस्तै अभिनय गरेको। उनी अत्यन्तै सहजसँग प्रस्तुत भएका थिए। वरिपरि कोहीसँग 'नर्भस' थिएनन्। न क्यामेरा, न क्रू। मैले जति मागेँ, त्यति नै दिए, त्यो पनि सहजसँग। साँच्चै हामी सबै अचम्ममा परेका थियौँ।
मनोजलाई त्यहाँको बक्लेख भन्ने क्षेत्र आफ्नो कथाको दृष्टिकोणले उपयुक्त लाग्यो। त्यहीँका केही स्थानीयलाई उनले कलाकारका रूपमा छनौट गरे। त्यसपछि डोटीबाट अछाम हुँदै लागे मुगुतर्फको यात्रामा।
यात्राका क्रममा जुम्लाको सिञ्जाकाली हुँदै जाँदा त्यहाँको प्राकृतिक सौन्दर्य त देखिने नै भयो। तर त्यो सँगसँगै उनले त्यहाँ अभावैअभाव, दुःखैदुःख र कठिनसँग चलिरहेको जिन्दगी पनि देखे। ‘म आफै चढेको बस पनि कति खेर पल्टेला भन्ने डर थियो भित्रभित्रै,’ त्यो सम्झँदा मनोज अहिले पनि झस्कन्छन्।
त्यसपछि मनोज गमगढी पुगे। ‘नन–एक्टर’ खोज्दै त्यहाँबाट लगभग २० किलोमिटर उत्तरतिर लागे। त्यो ठाउँ जहाँबाट चीन पुग्नलाई करिब २–३ दिनको यात्रा गरे पुग्छ। त्यो त्यही क्षेत्र पनि हो, जहाँ निर्देशक मीन भामको ‘कालोपोथी’ सुटिङ गरिएको थियो।
मनोजले त्यस क्षेत्रको वस्तुस्थिति अध्ययन गरे। त्यहाँका मानिसमा स्वास्थ्य क्षेत्रप्रति मनोवैज्ञानिक उत्साह थिएन, न त स्वास्थ्य संस्थाप्रति आकर्षण नै।
'विषयवस्तुका हिसाबले एउटा चुनौती त छँदै थियो। तर, त्यो भन्दा ठूलो चुनौती स्थानीय कलाकार खोज्नुमा थियो,' उनी भन्छन्। यही क्रममा मनाज नजिकै एक होटलमा पुगे। होटलकी साहुनी दिदीलाई सोधे, ‘यहाँ कोही कलाकार छन्।’
जवाफमा दिदीले भनिन्, ‘मेरा एकजना दाइ छन्, तिनी पहिले इन्डियामा बसेर आएका हुन्, सलमान खानलाई पनि देखेर आएका हुन्। र, तिनी चाँहि खतरा कलाकार हुन्। देउडा पनि गज्जब गाउँछन्।’
मनोजलाई त्यहीँ पुगेपछि थाहा भयो– खासगरी त्यतातिर गीत गाउनेलाई कलाकार मान्दा रहेछन्। मनोजले भेट्ने इच्छा व्यक्त गरेपछि ती दिदीले फोन डायल गरिन्। फोन कुराकानीपछि मनोज तिनलाई भेट्न नजिकै अर्को गाउँ पुगे।
‘क्या, नवाजुद्दिनजस्तै अभिनय!’
होटलकी साहुनीले सिफारिस गरेका ती ‘कलाकार’ थिए, अमर बुढा। जब मनोज उनलाई भेट्न उनकै गाउँ पुगे, अत्यन्तै सामान्य र सरल पाए। होचो कद, सर्टमाथि कोट लगाएका उनी मुखमा खैनी च्यापिरहन्थे। ‘ठिकै छ, कुनै एउटा रोल दिउँला,’ यति भनेर उनी त्यहाँबाट बाहिरिए।
एकपटक त्यस क्षेत्रमा नाटक प्रदर्शन भएको रहेछ। त्यतिबेला नाटकमा काम गरेका केही कलाकारलाई छनौट गरेपछि उनी काठमाडौं फर्किए।
कलाकार र पात्रबीचको सम्बन्धमा एउटा कलाकारले पात्रलाई दिने भनेको समय र भूगोल हो। मनोज त्यो ‘टाइम एन्ड स्पेस’ भारतीय अभिनेता नवाजुद्दीनका सिनेमाहरूमा अनुभूत गर्छन्। र, आज त्यही अनुभूत अमरसँग गरेका कारण नवाजुद्दीनसँग तुलना गर्छन्।
मनोज काठमाडौंमा हुँदा पनि अमर बुढा उनलाई बेलाबखत फोन गरिरहन्थे। कलाकार बन्ने हुटहुटी उनमा झल्किन्थ्यो। तैपनि मनोजले उनलाई सिरियलको विशेष पात्रका रूपमा लिएका थिएनन्।
तर, जब उनी सुटिङमा गए, यिनै अमरको अभिनयले अचम्मित बनायो। कहिल्यै क्यामेरा फेस नगरेका अमरले दिएको पहिलो सटले नै त्यहाँ जादु गर्यो।
निर्देशक पण्डितका अनुसार सिरियलको प्रमुख पात्र छन्, विनोद पोखरेल, जो गाउँमा नयाँ स्वास्थ्यकर्मीका रूपमा सरुवा भएर आएका हुन्छन्। अनि, अमर बुढा स्थानीय गाउँले।
अमरको पहिलो 'सट' तिनै स्वास्थ्यकर्मीसँगको जम्काभेटको छ। स्वास्थ्यकर्मी उनीकहाँ आइपुगेर भन्छन्, ‘मलाई स्वास्थ्य चौकी सञ्चालन गर्न सहयोग गर्नुपर्यो। गाउँलेहरूलाई भन्नुपर्यो।
जवाफमा अमरले भन्नुपर्ने थियो, ‘त्यो ठाउँमा त भूत छ, त्यहाँ कोही आउनेवाला छैन, म सहयोग गर्न सक्दिनँ।’ फेरि स्वास्थ्यकर्मी सम्झाउँछन्, ‘त्यो स्वास्थ्यचौकी तपाई हामी सबैको हो।’
जवाफमा फेरि उनी भन्छन्, ‘होइन, हाम्रो त यहाँ झाँक्री छ, झाँक्री भए पुग्छ।’
‘जब अमरले यो पहिलो सट दिए, म चकित भएँ,’ मनोज सम्झन्छन्, ‘मैले तत्काल दिएको प्रतिक्रिया थियो– क्या नवाजुद्दीन सिद्दिकीकै जस्तै अभिनय गरेको। उनी अत्यन्तै सहजसँग प्रस्तुत भएका थिए। वरिपरि कोहीसँग 'नर्भस' थिएनन्। न क्यामेरा, न क्रू। मैले जति मागेँ, त्यति नै दिए, त्यो पनि सहजसँग। साँच्चै हामी सबै अचम्ममा परेका थियौँ।’
स्थानीय कलाकार र व्यावसायिक कलाकारबीचको अभिनय शैलीमा आकाश–जमिनको अन्तर हुन्छ। त्यसका निश्चित परिधि नै फरक हुन्छन्। त्यसैले पनि अमरको शैलीबाट मनोज लोभिएका थिए। कुनै दबाबबिना, हरेक शब्द सहजसँग बोल्ने उनको खुबीसँग मोहित भइसकेका थिए।
तर, त्यतिबेलासम्म कथामा उनको भूमिका छोटो थियो। मुख्य पात्रका रूपमा स्वास्थ्य चौकीमै काम गर्ने कर्मचारी पक्का भएका थिए। तर, जब सुटिङ सुरु भयो, समयको व्यस्तता देखाउँदै सुटिङ स्थलमा आउन उनले आनाकानी गरे।
उनकै कारण तीन दिनसम्म सुटिङ बिथोलियो। रातारात स्क्रिप्टमा फेरबदल ल्याउनुपर्ने भयो। परिस्थिति अनुकुल पटकथाको ‘रि–डिजाइन’ गर्नुपर्ने भयो। त्यही क्रममा मनोजले अमर बुढाको भूमिकालाई महत्व दिए। ‘सायद मलाई अरुबाट धोका नभएको भए म मेरो ‘नवाजुद्दीन’लाई नजिकबाट चिन्न पाउँदिन थिएँ,’ मनोजलाई अहिले त्यस्तै लाग्छ।
९० प्रतिशत ‘नन–एक्टर’सँग काम गर्दा मनोजलाई त्यहाँ धेरै गाह्रो भयो। कहिल्यै क्यामेरा फेस नगरेका उनीहरूलाई फकाइफकाई काम गराउनु उनको बाध्यता थियो। परिस्थिति सहज बनाउन उनीहरू अनुकुल प्रस्तुत हुनुपर्थ्यो।
‘मैले त्यहाँ कलाकारलाई पात्र होइन, पात्रलाई कलाकार बनाउनुपर्ने चुनौती थियो,’ मनोज भन्छन्, ‘नन–एक्टरसँग काम गर्दा निर्देशक र कलाकारबीचको जुन दुरी हुन्छ, त्यो न्यूनीकरण हुनुपर्छ। त्यहाँ निर्देशक निर्णायकको भूमिकामा होइन, मोटिभेटरका रुपमा प्रस्तुत हुनुपर्छ। उनीहरूको व्यक्तिगत जीवन, दुःखसुःख सबैको अध्ययन हुनुपर्छ। अनि, त्यही कुरा कथामा जोड्न सक्नुपर्छ। म यसप्रति सचेत थिएँ, त्यसैले मैले सक्दो प्रयत्न गरेँ।’
तर, जब उनी सुटिङमा गए, यिनै अमरको अभिनयले अचम्मित बनायो। कहिल्यै क्यामेरा फेस नगरेका अमरले दिएको पहिलो सटले नै त्यहाँ जादु गर्यो।
आइतबारबाट यो सिरियल दर्शकबीच पुग्दैछ। थाहा छैन मनोजलाई, दर्शकले के प्रतिक्रिया दिन्छन्। तर, उनी सन्तुष्ट छन्। खास सन्तुष्ट अमर बुढासँग छन्। जसमा उनले ‘नवाजुद्दीन सिद्दिकी’ पाए। ‘मैले दिएको शब्द, परिस्थिति, मनोविज्ञान उनी ठ्याक्कै उतारिदिन्थे,’ उनी अहिले पनि अमरको तारिफ गरेर थाक्दैनन्, ‘न घटी, न बढी। जति भन्यो त्यति मात्रै गर्छन्। अत्यन्तै सन्तुलित अभिनय। अत्यन्तै अनुशासित। रियल एक्टरजस्तै फिल गराए मलाई।’
मनोजले उनलाई कैद गरिरहँदा अत्यन्तै शक्तिशाली कलाकारलाई कैद गरिरहेको महसुस गरे। भन्छन्, ‘यिनलाई निश्चित केही कुराहरूको व्यावहारिक ज्ञान दिइयो भने यिनी कुनै पनि पात्रलाई सजीवतासँग निर्वाह गर्न तयार छन् भन्ने लागिरहन्थ्यो। जब यिनको दृश्य छायांकन हुन्थ्यो, ममा एकाएक आत्मविश्वास र उत्सुकुता प्रकट हुन्थ्यो। किनभने यिनी अलिकति पनि असहज महसुस नगरी काम गरिरहेका हुन्थे।’
पात्रको गहिराइमा पुग्न सक्नु, बहुआयममा काम गर्न सक्नु एउटा सशक्त कलाकारको खुबी हो। अमर बुढामा आफूले त्यसको पनि अनुभुति गरेको बताउँछन् मनोज।
कलाकार र पात्रबीचको सम्बन्धमा एउटा कलाकारले पात्रलाई दिने भनेको समय र भूगोल हो। मनोज त्यो ‘टाइम एन्ड स्पेस’ भारतीय अभिनेता नवाजुद्दीनका सिनेमाहरूमा अनुभूत गर्छन्। र, आज त्यही अनुभूत अमरसँग गरेका कारण नवाजुद्दीनसँग तुलना गर्छन्।
हुन त कलाकार कसरी निर्माण हुन्छ भन्ने कुरामा त्यो कालखण्डका निर्देशकहरूको पनि मुख्य भूमिका हुन्छ। तर, पनि केही कलाकारहरू यस्ता हुन्छन्, जसले आफ्नो अस्तित्वलाई जीवनदर्शनसँग अघि बढाइरहेका हुन्छन्।
जतिबेला मनोज मुगु र डोटी पुगे, त्यतिबेला त्यहाँका स्थानीयहरू जीवनको आफ्नै लयमा थिए। खेतीपातीमा व्यस्त थिए, पारिवारिक काममा तल्लीन थिए। मनोजलाई लाग्छ, उनीहरूको जीवनको केही समय उनले खोसे। अमरकै हकमा भनौँ न, उनले त्यतिबेला खेत जोत्नुपर्ने थियो, तर मनोजका लागि अभिनयमा जोतिए।
मनोजका लागि ओम पुरी, नसुरिद्दीन शाह, इरफान खान, मनोज बाजपेयी, नवाजुद्दीन सिद्दिकी त्यसका उदाहरण हुन्। ‘उनीहरू जब पर्दामा आउँथे, त्यसपछि पात्र र कलाकारबीचको भिन्नता न्यूनीकरण भएको पाइन्थ्यो,’ मनोज भन्छन्, ‘अरु कलाकारमा द्वैध चरित्र देखिन्थ्यो, तर यिनीहरू फरक थिए। जस्तो, सलमान खान डाक्टरको भूमिकामा देखिँदा हामी सलमानले डाक्टरको अभिनय गर्यो भन्छौँ। तर, उनीहरूका हकमा को कलाकार भन्ने नै बिर्साइदिन्थे, हामीलाई पात्रसँगमात्रै सरोकार हुन्थ्यो।’
कलाकार स्रष्टा हुनु र साधन हुनुमा धेरै फरक छ। मनोजलाई लाग्छ, हामीकहाँ कलाकारहरू साधनका रूपमा प्रयोग भइरहेका छन्। ‘कलाकार स्रष्टा बन्न त सबैभन्दा पहिले द्रष्टा बन्नुपर्यो। जब कलाकारहरू स्रष्टा बन्छन्, त्यसपछि एउटा फिल्ममेकरलाई अत्यन्त ठूलो योगदान हुन्छ,’ उनी भन्छन्, ‘हामीले क्यामेरापर्सनमा पनि त्यही अपेक्षा गर्छौँ। जब ऊ स्रष्टा बन्छ, उसको सिर्जनालाई हेर्ने तरिकै फरक भइदिन्छ। मेरा लागि नवाजुद्दीन स्रष्टा हुन्। त्यसकारण पनि उनीप्रति मेरो सम्मान छ। र, त्यही सम्मान मैले मुगुका अमर बुढालाई पनि गरेको हुँ।’
‘सर, कुनै पनि अवसर मलाई मिल्यो भने बोलाउनुस् है,’ अमरले मनोजलाई यस्तै भनी बिदाइ गरेका छन्। अनि, उनले पनि प्रतिबद्धता दिएका छन्, ‘म तिमीलाई मेरा अरु प्रोजेक्टमा पक्का समावेश गर्छु।’
खासमा अमर मनोजका खोज हुन्। त्यसैले यिनीसँग उनलाई गर्व छ। भन्छन्- त्यो भन्दा पनि बढी विश्वास छ, जसरी एउटा लेखकले आफ्नो कलम या मसीसँग गरेको हुन्छ।
जीवनचक्रको ट्रेलर।
जतिबेला मनोज मुगु र डोटी पुगे, त्यतिबेला त्यहाँका स्थानीयहरू जीवनको आफ्नै लयमा थिए। खेतीपातीमा व्यस्त थिए, पारिवारिक काममा तल्लीन थिए। मनोजलाई लाग्छ, उनीहरूको जीवनको केही समय उनले खोसे। अमरकै हकमा भनौँ न, उनले त्यतिबेला खेत जोत्नुपर्ने थियो, तर मनोजका लागि अभिनयमा जोतिए।
०००
‘जीवनचक्र’को सुटिङ सकेर आएपछि अहिले मनोजलाई लाग्छ, अब नेपाली सिनेमा पनि गाउँ गाउँ पस्नैपर्छ। अनि, सिनेमाका कथाहरूमा गाउँको रङ, गाउँको आत्मा दिनैपर्छ। त्यहाँका सम्भावना र सुन्दरतालाई चिन्नैपर्छ। अनि, त्यहाँका मान्छेहरूको सिनेमा र संगीतप्रतिको मोहलाई अब पकड्नैपर्छ।
‘रंगीबिरंगी हुनु मात्रै सुन्दरता होइन,’ मनोज भन्छन्, ‘जीवनका अनेक आयमहरू छन् त्यहाँ। अथाह सम्भावना छन्। गाउँले अहिले धेरै कुराहरू छोड्दैछ, अनि धेरै कुराहरू नयाँ लिँदैछ। त्यही भएर त्यहाँ धेरै कुराहरू उथलपुथल भइरहको छ। त्यहाँ द्वन्द्व धेरै छ। अभाव छ, समस्या छ। तर, त्यहीँ छन् केही गर्न खोज्ने हातहरू, प्रयत्नहरू र विचारहरू। अनि, संस्कृति र इतिहासका पाटाहरूले पनि त्यही गुजुल्टो मारिरहेका छन्।’
'जीवनचक्र'को सुटिङबाट फर्केपछि मनोजलाई लाग्छ- देश चाहिँ वास्तवमा गाउँमै रहेछ, हामी त सहरमा रहेका सिमित कलाकारलाई मात्रै कलाकार भनिरहेका रहेछौँ। भन्छन्- 'खोज्ने हो भने गाउँमा अत्यन्तै शक्तिशाली कलाकार रैछन् भन्ने अनुभव भएको छ। उनीहरूमा धेरै आगो छ, पीडा छ। उनीहरूसँग अनुभतिका चाङ छन्। त्यसैले म नयाँ पुस्ताका फिल्मकर्मीलाई गाउँमा गएर गाउँका कथाहरू भन्न आग्रह गर्छु।’
'जीवनचक्र' सुटिङका क्रममा लिइएका केही तस्बिरहरू
सबै तस्बिर निर्देशक पण्डितले उपलब्ध गराएका हुन्।