सोमबार, असार २९, २०८३

चोरीको सुन, लागुऔषध तथा गाँजासहित ७ जना समातिए

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं - महानगरीय प्रहरी परिसर काठमाण्डौंले सुनका गहना चोरी गर्ने तथा लागु औषध कारोबारमा संलग्न सात जनालाई काठमाण्डौंको विभिन्न स्थानबाट पक्राउ गरेको छ । 

सुन चोरीमा संलग्न काठमाण्डौं बुढानिलकण्ठ- ४ का १६ उपेन्द्र खरेल, सोही स्थानको वडा नम्बर-३ का १७ वर्षीय राजन खनाल तथा धादिङ रुबीभ्यालीका २१ वर्षीय सौरभ तामाङ छन । उनीहरुले गत शनिबार टोखा नगरपालीका ९ का भिमबहदुर पुनलार्इ पक्राउ गरेको हो । गत जेठ २० गते सुरक्षा मानन्धरको डेराबाट गहना जिन्सी तथा नगद लुटेका थिए ।

लुटिएको गहना किन्ने पेमा गहना पसलका सञ्चालका सौरभ तामाङले खरिद गरेका थिए । प्रहरीले उनीहरुको साथबाट सुनका गहनाको साथै गालिएको सुनसमेत बरामद गरेको छ ।  
 
महानगरीय प्रहरी वृत्त महाराजगञ्जले लागुऔषध डाईजेपाम एम्पुल ३३२ फेनारागन एम्पुल ३२८ तथा नुफिन एम्पुल ३२३ सहित  काठमाण्डौं टोखाका विक्रम थापा  तथा धादिङ निलकण्ठ ११ गैह्रीगाँउका ओमराज धमलालई पक्राउ गरेको हो । 

प्रारम्भिक अनुसन्धानबाट उनीहरु व्यावसायिक लागुऔषध कारोबारी भएको प्रहरीले जनाएको छ ।  

त्यसैगरी काठमाण्डौं म्हेपीबाट गाँजा ओसारपसारमा संलग्न रसुवा भोर्लेका रन्जीत लामा  तथा इटहरी ३ का सुरज जोशीलाई  १ के . जी  २०० ग्राम गाजाँसहित प्रहरी वृत्त लैनचौरले पक्राउ गरेको हो ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।