सोमबार, असार २९, २०८३

केहीबेरमा एसर्इर्इ नतिजा, यसरी हेर्नूस् रिजल्ट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौँ- यस वर्षको एसर्इर्इ परीक्षाको नतिजा आज (शनिबार) चार बजे सार्वजनिक हुने भएको छ ।

नतिजा सार्वजनिकका लागि उत्तरपुस्तिका ‘इन्ट्री र रुजु’ गर्नेलगायत सबै काम सकिएको र अहिले केहीबेरमा बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गर्ने परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले नेपाल समयलाई जानकारी दिए ।

नियन्त्रक रेग्मीका अनुसार चार बजे औपचारिक रूपमा नतिजा सार्वजनिक गरिने छ । सार्वजनिककै क्रममा रिजल्ट कसरी थाहा पाउने भन्ने विषयमा पनि जानकारी गराउने उनले बताए ।

यस वर्षको एसर्इर्इ परीक्षामा साधारणतर्फ चार लाख ८५ हजार पाँच सय ८६ परीक्षार्थी सहभागी भएका छन् भने प्राविधिकतर्फ  आठ हजार सात सय आठ जना सहभागी छन् ।

यसरी हेर्नु नतिजा

एसईईको नतिजा वेवसाइट, एसएमएस र आईभिआरबाट प्रकाशन हुने भएको छ । नेपाल टेलिकम, आकाश टेक प्राली, फोकशवान नेपाल, एनसेल, वान अप कम्युनिकेशन, जानकी टेक्नोलोजी, एजि सर्भिस लगायतबाट एसएमएसमार्फत हेर्न सकिन्छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट http://www.soce.gov.np मा हेर्न पनि सकिने बोर्डले जनाएको छ । त्यस्तै शिक्षा मन्त्रालयको www.doe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरको www.doe.gov.np, राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरको www.neb.gov.np र नेपाल टेलिकमको http://www.slc.ntc.net.np, एनसेल प्रा. लि.को www.ncell.axiata.com मा गएर पनि परीक्षाको नतिजा हेर्न सकिने बोर्डले जनाएको छ । तर, लोड बढी भएका कारण यी साइटहरू खुल्न सकेका छैनन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।