शनिबार, असोज १७, २०८३

सिभिल बैंकमा बचत गरे ७ प्रतिशतसम्म ब्याज

सुपर प्रिमियम बचत खातामा विभिन्न ६ प्रकारका बीमा पनि सामेल रहेका छन्। बैंकले मेट लाइफसँगको सहकार्यमा बीमा योजना समेत समावेश गरेका हो। यस्तो खाता १८ देखि ५८ वर्ष उमेरका व्यक्तिले खोल्न सक्नेछन्। यसमा न्यूनतम २५ हजार रुपैयाँ हुनुपर्ने छ।
 |  शुक्रबार, साउन १, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १, २०७८

काठमाडौं- सिभिल बैंकले बचत खातामा ७ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ। बैंकले साधारण बचतमा ६ ब्याज दिने सुपर प्रिमियम बचत खातामा ७ प्रतिशत ब्याज दिने गरी खुत्रुके बचत खाता सञ्चालनमा ल्याएको छ।

सुपर प्रिमियम बचत खातामा विभिन्न ६ प्रकारका बीमा पनि सामेल रहेका छन्। बैंकले मेट लाइफसँगको सहकार्यमा बीमा योजना समेत समावेश गरेका हो। यस्तो खाता १८ देखि ५८ वर्ष उमेरका व्यक्तिले खोल्न सक्नेछन्। यसमा न्यूनतम २५ हजार रुपैयाँ हुनुपर्ने छ।

यस्तै ७ प्रतिशत ब्याज पाइने खुत्रुके बचत खाता २ देखि १० वर्ष उमेर समूहका लागि खोल्नुपर्ने हुन्छ। यो खातामा न्यूनतम ५०० रुपैयाँ पैसा हुनुपर्ने छ। यो खाताबाट सञ्चित रकमको ७० प्रतिशतसम्म कर्जा पाइन्छ। यी खाता साउनसम्म खोल्नुपर्ने बैंकले जनाएको छ।

प्रकाशित: Jul 16, 2021| 12:29 शुक्रबार, साउन १, २०७८
प्रतिक्रिया दिनुहोस्