शुक्रबार, साउन ८, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • पुलित्जर पुरस्कार विजेता दानिश अफगानिस्तानको झडपमा मारिए

पुलित्जर पुरस्कार विजेता दानिश अफगानिस्तानको झडपमा मारिए

भारतीय फोटो पत्रकार दानिश सिद्दीकीको हत्या गरिएको छ।
 |  शुक्रबार, साउन १, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १, २०७८

एजेन्सी- भारतीय फोटो पत्रकार दानिश सिद्दीकीको हत्या गरिएको छ। अफगानिस्तानमा भइरहेको तालिबान विद्रोही र सरकारबीचको संघर्षको रिपोर्टिङ गर्न गएका सिद्दीकीको कान्धहार प्रान्तमा हत्या भएको आजतकले जनाएको छ।

तालिबान र सरकारी सुरक्षा फौजबीचको भिडन्तका क्रममा सिद्दीकीको मारिएका हुन्। सिद्दीकी व्यवसायिक फोटो पत्रकार हुन्। उनी अन्तर्राष्ट्रिय एजेन्सीका लागि काम गरिरहेका थिए।

दानिशले सन् २०१८ मा पुलित्जर पुरस्कार प्राप्त गरेका थिए। उनले रोहिङ्गिया शरणार्थीबारे गरेको कवरेजलाई आधार मानेर पुलित्जर पुरस्कार पाएका थिए।

दानिशले टिभीबाट पत्रकारिता यात्रा सुरु गरेका थिए।
हाल अफगानितानमा तालिबान आतंक बढिरहेको छ। तालिबानले आधा अफगानिस्तान कब्जा गरिसकेको दाबी गरिरहेको छ।

प्रकाशित: Jul 16, 2021| 08:43 शुक्रबार, साउन १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।