काठमाडौं- राजधानीबाट शनिबार प्रकाशित प्राय: सबैजसो पत्रिकाले प्रधानमन्त्रीको चीन भ्रमण, भ्रमणका क्रममा भएका सहमति, सहमतिका आयाम र नेपाललार्इ हुने फाइदाका कुरालार्इ विश्लेषनात्मक रुपमा प्रस्तुत गरेका छन् । कांग्रेस जिल्ला सभापतिहरुको भेलाले जारी गरेको हेटौंडा घोषणापत्रका साथै अन्य सामाजिक चासोका विषयलार्इ प्राथमिकताका साथ छापेका छन् ।
कान्तिपुर दैनिकले 'सत्तारुढ नै असमावेशी' शीर्षकको समाचारमा संविधान कार्यान्वय र कानुन पालनामा पहिलो जिम्मेवार पक्ष सरकार र सत्तारुण दल नै समानुपातिक/समावेशी सिद्धान्तप्रति विमुख रहेको खबर छापेको छ । त्यस्तै 'जातीय राज्यसत्ताको एतिहासिकी' शीर्षकमा डम्बर चेम्जोङको टिप्पणी र 'म एउटा भगवान् खोजिरहेछु’ शीर्षका साउदी अरबको अलहासास्थित किङ फाहद अस्पतालमा उपचाररत धनुषाका धर्मनाथ पासवानको पीडा, अस्पतालको पैसा तिर्न नसक्दाको अवस्थाको समाचारलाई पहिलो पृष्ठमा छापेको छ ।
त्यस्तै प्रधानमन्त्री ओलीको चीन भ्रमणमा भएका सम्झौतामा पुरानै बुँदा समावेश भएको, कांग्रेसका जिल्ला सभापतिले कांग्रेस सुद्धिकरणका लागि हेटौंडा घोषणपत्र जारी गरेको लगायतका समाचारलाई प्राथमिकताका साथ छापेको छ ।
नागरिक दैनिकले ‘सडकमा टिपर आतंक’ शीर्षकमा आवरण स्टोरी तयार पारेको छ । फितलो दण्ड व्यवस्था, महिना दिनमै ६ जनाको ज्यान गएको तथ्यांकका विषय समाचारमा समेटिएको छ । त्यस्तै प्रधानमन्त्रीको चीन भ्रमणमा भएको १४ बुँदे सहमति, भ्रमणका उपलब्धी लगायतका विषयलाई ‘कनेक्टिभिटीले नयाँ युगको सुरुवात’ शीर्षकमा समाचार छापेको छ । त्यस्तै प्रदेश र संघीय सरकारबीच दूरी बढ्दै गएको समाचार पहिलो पृष्ठमा रहँदा कांग्रेसका जिल्ला सभापतिहरुको भेलासहितका सामाजिक चासोका समाचारलाई भित्री पृष्ठमा समावेश गरेको छ ।
नयाँ पत्रिका दैनिकले नेपालका चिकित्सकहरुको स्वास्थ्य अवस्थाको जानकारी गराउँदै ‘डाक्टर कति बिरामी’ शीर्षकको मुख्य समाचार छापेको छ । त्यसतै ‘ल्हासामा के गर्दै छन् ओली ?’ शीर्षकमा प्रधानमन्त्रीको चीन भ्रमणलाई समेटेको नयाँ पत्रिकाले मेसीलाई भेट्न हजार माइलको यात्रा, धुलो नियन्त्रणका लागि महानगरले ब्रुमर किन्ने, कांग्रेस सभापतिहरुको जिल्ला भेलाको समाचारलाई भित्री पृष्ठमा छापेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४