बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • २४ घण्टायता इन्डोनेसियामा सबैभन्दा बढी कोरोना संक्रमित, नयाँ इपिसेन्टर बन्न सक्ने चिन्ता

२४ घण्टायता इन्डोनेसियामा सबैभन्दा बढी कोरोना संक्रमित, नयाँ इपिसेन्टर बन्न सक्ने चिन्ता

२७ करोड जनसंख्या भएको इन्डोनेसिया विश्वकै सबैभन्दा बढी जनसंख्या भएका देशको सूचीमा चौथो नम्बरमा छ। इन्डोनेसियामा संक्रमितहरूको संख्या बढेपछि कोरोनाको नयाँ इपिसेन्टर बन्न सक्ने भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ। 
 |  बिहीबार, असार ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३१, २०७८

काठमाडौ- पछिल्लो २४ घण्टामा इन्डोनेसियामा सबैभन्दा कोरोना संक्रमित भेटिएका छन्। कोरोनासम्बन्धी तथ्यांक राख्ने जोन्स होप्किन्स विश्वविद्यालयका अनुसार पछिल्लो २४ घण्टा अवधिमा इन्डोनेसियामा ५४ हजार ५१७ जना कोरोना संक्रमित भेटिएका हुन्। 

National life

केही समय अघिसम्म भारतमा सबैभन्दा बढी संक्रमित भेटिने गरेका थिए। भारतमा भने पछिल्लो २४ घण्टामा ४१ हजार ७३३ जना कोरोना संक्रमित भेटिएको विश्वविद्यालयको तथ्यांक छ। 

२७ करोड जनसंख्या भएको इन्डोनेसिया विश्वकै सबैभन्दा बढी जनसंख्या भएका देशको सूचीमा चौथो नम्बरमा छ। धेरै जनसंख्या भएको इन्डोनेसियामा संक्रमितहरूको संख्या बढेपछि कोरोनाको नयाँ इपिसेन्टर बन्न सक्ने भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ। 

यसरी नै संक्रमित बढिरहने हो भने इन्डोनेसियाको स्वास्थ्य प्रणालीले धान्न नसक्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।इन्डोनेसियामा अहिले कडा लकडाउन पनि गरिएको छैन भने कन्ट्र्याक्ट ट्रेसिङ पनि नभएकाले थप संक्रमित भेटिन सक्ने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका हुन्। 

हालसम्म इन्डोनेसियामा २६ लाख ७० हजार व्यक्ति संक्रमित भएका छन् भने ६९ हजार २१० जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

Laxmi sunrise bank
kumari

इन्डोनेसियाले करिब ६ प्रतिशत जनसंख्यालाई कोरोनाविरुद्धको भ्याक्सिन लगाइसकेको छ। ५ करोड ४५ लाख २० हजारभन्दा बढी डोज भ्याक्सिन लगाइएको इन्डोनेसियामा १ करोड ५६ लाख ११ हजारभन्दा बढी व्यक्तिलाई पूर्ण मात्रामा कोरोना भ्याक्सिन लगाइएको छ।  

प्रकाशित: Jul 15, 2021| 15:27 बिहीबार, असार ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।